रौतहटका पहाडी समुदाय द्धारा एक्यबद्धता ¥याली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७२, शनिबार १७:४५

रौतहट ,१४  कात्तिक ।

pahadi samudaye
तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउंदै रौतहटका पहाडि सुदायले आज सदरमुकाम गौरमा एक्यबद्धता ¥याली प्रदर्शन गरेका छन् ।
लामो समय देखी तराई मधेशमा आन्दोलन भई रहंदा पनि सरकारले कुनै वास्ता नगरी मौण बसेको भन्दै मधेश आन्दोलन प्रति समर्थन जनाउंदै रौतहटका पहाडि समुदायले आज सदरमुकाम गौरमा शान्तिपुर्ण ढंगले एकबद्धता ¥याली प्रदर्शन गरेका हुन् ।
विगत ७८ दिन देखी तराई मधेशमा जारी आन्दोलनले मधेशमा बसोबास गर्ने नागरिकहरुको जनजिवन कष्टकर बनाएको हुंदा पनि प्रद्यानमनत्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले कुनै वास्ता नगरेको तथा मधेशका जायज माँगहरुको बारेमा समेत सरकार अहिले सम्म गम्भीर नदेखीएकाले सरकार लाई दवाब दिन तथा मधेशी पहाडिहरु बिच बढ्दै गएको दुरी लाई कम गर्नका लागि सदभाव ¥याली निकालिएको ¥यालीमा अनिल गिरीले बताएका छन् ।
हामी मधेशी हाम्रो मधेश, मधेशको मांग पुरा गर भन्ने नारा लेखीएको व्यानर बोकेर गौरको मधेशक्रान्ति चोक बाट सुरु भएको शान्तिपुर्ण ¥याली अस्पताल चोक, भन्सार हुंदै गौर–बैरगनिया नाकामा बसेको धर्ना स्थलमा गएर समापन भएको थियो ।
त्यस्तै मधेश आन्दोलन प्रति एक्यबद्धता जनाउंदै आज रौतहटका केशरी समाजले पनि सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् । मधेशीको मांग पुरा गर भन्दै सरकार विरुद्ध चर्काे नाराबाजि गर्दै उनिहरुले पनि सरकारको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शन पछि दुवै समुदाय सामुहिक रुपमा गौर बैरगनिया सिमा नाकामा धर्नामा बसेका छन् । ?

प्रतिक्रिया