बलीउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीबिचको प्रेमसम्बन्धले बेला बखतमा राम्रै चर्चा पाइरहेको हुन्छ । भारतमा अन्य सेलिब्रेटीहरुको भन्दा अहिले लामो समयदेखी अनुष्का र विराटको प्रेमसम्बन्धले बढि स्थान पाइरहेका छन् । त्यहि क्रममा अहिले केहि दिनयता यो जोडीको विवाहको कुराले पनि बलीउड राम्रै तातेको छ । तर, यो खबर झुटो भएको अनुष्काले बुधबार स्पष्ट पारेकी छिन् । ‘अहिले अनुष्का चलचित्रको सुटिङमा व्यस्त छिन्,’ भारतीय मिडियाका अनुसार, ‘उनले तत्काल विवाह गर्ने सम्भावना छैन । तर, यसअघि अनुष्का र विराट विवाहपछि बस्न नयाँ घर खोजिरहेका छन् भन्नेसमेत खबर आएको थियो । विराट, अनुष्का र उनका बाबु अजयकुमार शर्मा एउटा रेस्टुरेन्टबाहिर सँगै देखिएपछि उनीहरूको विवाह हुने खबरले तहल्का मच्चाएको थियो । त्यतिवेला भनिएको थियो, ‘विवाहको मिति तय गर्न उनीहरूको भेटघाट भएको हो ।’ अनुष्काले तत्काल विवाह नगर्ने बताए पनि उनीनिकट केहि व्यक्तिहरुले भने यी दुईको आगामी वर्षसम्ममा विवाह हुने बताइरहेका छन् ।
प्रतिक्रिया