इतिहास राख्ने धरोहरहरुलाई बाचुन्जेल सहयोग गर्छु: रायमाझी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार १४:५४

काठमाडौँ । उपप्रधान तथा उर्जा मन्त्रि टोप बहादुर रायमाझीले सुक्रबार कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितसहितको टोलिसंग सिंहदरबारमा भेटघाट गरेका छन् ।12182104_10208256608192060_1136031680_n
बधाई कार्यक्रममा बोल्दै उपप्रधान तथा उर्जा मन्त्रि रायमाझीले आफु पदमा रहे नरहे पनि देशको झन्डा लिएर अन्तर्राष्ट्रिय क्षत्रमा नेपालको नाम राख्ने खेलाडी ,कलाकार ,पर्वतारोहीहरुलाई आफुले बाचुन्जेल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
आफुपनि खेल अनि पद यात्रामा निकै सौखिन रएको कुरा पनि ब्यक्त गर्दै रायमाझीले सातै महादेशका सातै उच्च हिमाल आरोहणको तयारीमा रहेका पण्डितलाई अन्तिम गन्तब्य अन्ट्राटिका महादेशको भिन्सन् मशिफको लागि सरकारी स्तरबाट सहयोग गर्ने कुरा ब्यक्त गरे ।

पण्डित यसै वर्षको अन्त्यमा उक्त हिमाल आरोहण गर्ने तयारीमा छन् । उनले सगरमाथा सहित अन्य ६ महादेशका हिम श्रीखंलाहरुको सफल आरोहण एबम अनुभब लिसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१