बलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली बैबाहिक सम्बन्धमा बाधिएको पनि १० बर्ष पुरा भएको छ । १० बर्षसम्म बैबाहिक सम्बन्धमा कुनै पनि अफ्ठ्यारो नसहेको यो जोडीले अब भने केहि अफ्ठ्यारो सहनु पर्ने देखिन थालेको छ । हलीउडका केहि सञ्चारमाध्यमहरुले जनाए अनुसार अहिले यो जोडीको बैबाहिक सम्बन्ध राम्रो चलेको छैन ।
खबरका अनुसार जोली अहिले बेलायती अभिनेत्री सिएना मिलरका कारण चिन्तित बनेकी छिन् । मिलर अहिले पिटसँग नयाँ चलचित्र ‘द लास्ट सिटी अफ जेड’को सुटिङ गरिरहेकी छिन् । पिट यो चलचित्रका निर्माता हुन् । यो चलचित्रका कारण दुईको सम्बन्ध नजिकिएको भन्दै जोलीले चिन्ता लिएकी हुन् । चलचित्रको सुटिङ सुरु भएलगत्तै पिटले मिलरको नाम अत्यन्त धेरै लिने गरेको जोलीले गुनासो गर्न थालेकी छिन् ।
प्रतिक्रिया