रिजालले भनेः ३७ र ३२ बुँदे दुबै साझा एजेन्डा (फोटो फिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार १०:२८

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई आज एक विशेष कार्यक्रमका बीच पदभार हस्तान्तरण गरिएको छ ।IMG_1771
टानै सचिवालयमा आयोजित कार्यक्रममा वर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी सहितको पदभार हस्तान्तरण गरेको हो । सोही कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत ठाकुररमन आचार्य मार्फत पुराना कार्यसमितिका पदाधिकारीलाई धन्यवादको प्रमाणपत्र प्रदान गरियो भने नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित सदस्यको प्रमाणपत्र प्रदान गरियो । पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारीहरुको उपस्थिति थियो भने पुराना केही कार्यसमितिका सदस्यहरु अनुपस्थित देखिन्थे ।IMG_1786
पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद रिजालले हारजित प्रजातान्त्रिक प्रकृया भएको भन्दै यसलाई सहज रुपमा स्वीकार्नु पर्ने बताए । उनले निर्वाचनको समयमा दुई प्यानलले उठाएका ३७ र ३२ दुबै बुँदाहरु टान सदस्यका साझा एजेन्डा भएको भन्दै त्यसलाई सामूहिक रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जाहेर गरे ।IMG_1794 रिजालले भने– ‘हार्दा नमीठो लाग्न सक्छ, तर हामीले दुई वर्षे कार्यकाल समाप्त गर्दै गर्दा त्यो नमीठोपन हटिसकेको हुनेछ ।’ रिजालले प्रष्ट पारे– ‘राम्रो काम गरेर देखाएपछि हारको अनुभव साथीहरुले आफै विर्सनु हुनेछ ।’ उनले ट्रेकिङ कम्पनी सञ्चालन गर्नेहरु करीब १८ सयको हाराहारीमा रहेको भन्दै सबैलाई टानमा आबद्ध गराउन प्रयत्न गर्ने र टान धेरै सदस्य भएको संस्थाको हैसियतले पनि पर्यटनका धेरै मुद्धामा लिडरशीपको भूमिका निर्वाह गर्ने पनि बताए । सोही कार्यक्रममा टानका निवर्तमान महासचिव तथा निर्वाचनमा हार व्यहोरेका सागर पाण्डेले टानमा सधैं व्यवसायिक एकताको खाँचो रहेको औंल्याउँदै नयाँ कार्यसमितिले पनि गुटउपगुट बनेर काम नगर्ने आशा व्यक्त गरे ।IMG_1790 उनले पीकको प्रबद्र्धन र कम्पनी दर्ता गराउँदा राख्नु पर्ने धरौटी रकम सम्बन्धमा समेत चासो व्यक्त गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश धमलाले आफूहरुको कार्यकाल सफल रहेको भन्दै यसमा सहयोग गर्ने सबै टानका सदस्यहरुप्रति हार्दिक आभार प्रकट गरे । उनले टानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउनको लागि आफूहरुको कार्यकालमा धेरै काम भएको भन्दै यसलाई नयाँ कार्यसमितिले निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले टानले पदयात्रा मात्र नभनि पर्यटनकै अग्रणी संस्थाको रुपमा रही धेरै काम गरेको बताए ।1
सोही कार्यक्रममा प्रमुख अतिथि बनेका पर्यटन विभागका प्रमुख गोविन्दबहादुर कार्कीले टानको चाम देखेर आफू छक्क परेको भन्दै चर्चा गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई बधाईं दिए । त्यसैगरि, टानका पूर्व अध्यक्ष सुमन पाण्डेलेपनि नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै जिम्मेवारी वहनका लागि हौसला प्रदान गरे । कार्यक्रममा टानका पूर्व अध्यक्ष ज्योति अधिकारी, सिताराम सापकोटा, नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।IMG_1759
पदभार कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद रिजाल सहित वरिष्ठ उपाध्यक्ष तासिलाक्पा शेर्पा, प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ, द्धित्तिय उपाध्यक्ष रामप्रसाद सापकोटा, महासचिव कर्णबहादुर लामा, सचिव मुक्ति पाण्डे, कोषाध्यक्ष लिलाबल्लभ दाहाल र सह–कोषाध्यक्ष कृष्णमान श्रेष्ठ विजयी रहेका थिए । त्यस्तै सदस्यहरुमा रुद्रजंग अधिकारी, तारानाथ लामिछाने, देवि पाण्डे, डम्बरबहादुर अधिकारी, बासुदेव लम्साल, सरिता लामा, ङावा ङिमा शेर्पा, वाङ्छु शेर्पा र पेम्बा शेर्पा (संगम)को उपस्थिति थियो ।

महासचिवको कार्यकक्षमा वास्तुको चर्चाIMG_1765

टानका महासचिवको कार्यकक्ष वास्तु नमिलेको कक्ष भन्दै खुबै चर्चा भयो । पिलर मुनिका बसाई र दिशा नमिलाई कार्यसञ्चालन गरेका कारण सो कक्ष महासचिवको लागि फलिफाप नुहनेसम्मका तर्क टान कार्यालयमा पुग्नेहरुले गरे । केहीले भने सागरपाण्डेल निर्वाचनमा हार व्यहोर्नुसम्मको तर्क प्रस्तुत गरे भने महासचिव हुँदा कार्य सञ्चालनमा आएको अवरोधलाई पनि वास्तुसँग जोडेर हेरे । यसै कारण नवनिर्वाचित महासचिव कर्ण लामाले भने महासचिवको कार्यकक्षमा केही परिवर्तन गर्ने सोच बनाएका छन् । उनले कित कार्यकक्ष नै परिवर्तन गर्ने नभए डेकोरेशन परिवर्तन गर्ने र वास्तुको उपचार समेत गर्ने मनसाय बनाएका छन् । हाँसठट्टामा चर्चा गरिएको भएपनि सत्यता रहेकोले यो छलफललाई महासचिव लामाले सिरियसली लिएको उनी निकट एक व्यवसायीले बताए । पर्यटन न्युजबाट

 

IMG_1777

 

IMG_1799

IMG_1812

IMG_1815

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१