यस्तो छ मुटु बाहिरै भएर बाँचेका मान्छे ।।। ‘मुटु भित्रै राखिदिए हुन्थ्यो’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार ०८:११

छातीको मध्य भागमा बाहिरै देखिने गरी पातलो छालाको पत्रभित्र मुटु झुण्डिएको असामान्य तस्बिर र सञ्चार माध्यमहरुमा देखिने उनको  भिडियोले अहिले सर्वसाधरणको चासो र ध्यानाकर्षण बढाएको छ । सो भिडियो भारतीय युवक अर्पित गोहिलको हो । अत्यन्तै दुर्लभ र असामान्य अवस्थामा जन्मिएका गोहिल जुनसुकै बेला मर्न सक्ने बताइएको थियो ।

भिडियोमा देखाइएका १८ वर्षीय यी युवकलाई अहिले देख्दा उनी जन्मिने बित्तिकै मर्छन् भनेर आशा मारेका चिकित्सकरुले पनि प्रशंसा गर्न थालेका छन् । युवकको असामान्य स्वास्थ्य अवस्थालाई चमत्कारको संज्ञा दिएका छन् उनै डाक्टरहरुले ।

पेन्टालोजि अफ क्यान्ट्रिल बताइने यस दुर्लभ अवस्थाले भ्रूणको विकासमा असर पुर्याउदा शिशुहरु शरीर भित्रका केही मुख्य अंग जन्मजात बाहिरै लिएर जन्मिने गर्छन् । सोही समस्याको शिकार भएका हुन अर्पित । यस्तो अवस्थामा जन्मिएका शिशुहरुलाई साबधानीपूर्वक हेरबिचार गर्नुपर्ने हुन्छ । जन्मिने बित्तिकै उनीहरुलाई कटनको कपडामा बेरेर सम्भावित खतरा बाट जोगाउने गरिन्छ ।

डाक्टर नै आश्चर्य चकित

इक्टोपिअ कोर्डिस नाम गरेको गम्भीर शारीरिक विकृति (डिसअर्डर) सहित जन्मिएका अर्पित अवश्य पनि सामान्य मानिस होइन् । उनको जस्तै शारिरक दुर्वलता अहिलेसम्म विश्वभर १६५ जनामा हुने गरेको छ । तर, यस्तो दुर्वलताका बाबजुद पनि उनी अन्य युवाहरु जस्तै सामान्य र जोशिला देखिन्छन्, जसका कारण चिकित्सकहरु तीन छक परेका छन् । भर्खरै बयस्क अवस्थामा पुगेका उनी शारीरिक फूर्तीका दृष्टिले अरु भन्दा फरक देखिदैनन् । अन्य युवकहरु जस्तै रुख चढ्छन्, गुजरातको अहमदाबादबाट ४० किलोमिटर टाढा रहेको आफ्नो खेत बारीमा नियमित ट्याक्टर चलाउँछन् । आफूलाई अहिले खासै समस्या नभएको उनी बताउँछन् । भारतीय समाचार संस्था डेली भाष्करसँगको कुराकानीमा अर्पित अगाडि भन्छन्, ‘मलाई कुनै पनि समस्या छैन । मुटु बाहिर झुण्डिरहेको अवस्थामा पनि सामान्य तरिकाले जीवन बिताउन बानी परिसकेँ ।’

छातीबाहिर पातलो छालाबाटै मुटुको धड्कन चलेको अवस्थामा देखिने उनी थप्छन्, ‘सामान्य मानिसलेझैँ मैले सबै काम गर्न सक्छु । खेतबारीमा जोत्नदेखि ट्याक्टर चलाउन वा मोटरसाइकल कुदाउन मलाई कुनै पनि समस्या छैन ।’

‘जुन सुकै बेला मर्न सक्छन्’

उनको भुँडी नजिकको मांशपेशीले धेरै काम नगर्ने भएकोले उनका अन्य मांशपेशीले बढी तागत खर्चिनु परेको छ । यसको मतलब चिकित्सकीय दृष्टिले उनमा जुनसुकै बेला संक्रमणको सम्भावना बढी देखिन्छ । सामान्य बिरामीलाई भन्दा निमोनिया उनका लागि धेरै खतरा हुन सक्छ ।

अर्पित जुनसुकै बेला मर्न सक्ने नादियदमा रहेको डीडीएमएम हर्ट इन्स्टिच्युटका मुट विज्ञ डा. सञ्जिब पिटर बताउँछन् । ‘ अपूर्णतासँग संघर्ष गर्न उसले पाठ सिकेको छ । तर ऊ निकै जोखिममा छ । अहिले जस्तै सक्रीय भएर ऊ कति सकेन्डसम्म बाँच्छ भनेर हामी भन्न सक्दैनौं,’ उनले अनलाईनलाई भने, ‘ऊ कतै चिप्लियो वा ठोक्कियो भने उसको अवस्था गम्भीर हुनेछ ।’ ‘मुटुको रक्षाका लागि उसले साबधानीपूर्वक समाउँछ । तर ऊ खेतबारीमा काम गर्ने भएकोले सतप्रतिशत सुरक्षित छैन्,’ ती चिकित्सकले थपे ।

‘छोरा फूर्तीलो छ’

भारतको चाप्रामा सन् १९९७ मा उनी जन्मिएका अर्पितको असामान्य स्वास्य अवस्था देखिेपछि उनका अभिभावकले तत्कालै नजिकैको नादियद अस्पतालमा दुगराएका थिए । शुरुमा त चिकित्सकले उनको दुईओटा मुटु भएको अनुमान गरे । तर परीक्षणपछि उनको छातीको बीचमा एउटा मात्र मुटु भएको पाए । उनी लामो समयसम्म बाँच्न नसक्ने त्यति खेर नै चिकित्सकले दाबी गरेका थिए । तर यो दाबी अझै सत्य हुन सकेको छैन र उनका शुभेच्छुकहरु पनि यस्तै चाहन्छन् ।  उनका बाबु बिक्रमभाई भने कहिल्यै हरेश खाएनन् बरु छोरो फूर्तीलो भएकोमा झन गर्व गर्छन् । भन्छन् ,‘ बाल्य अवस्थामा पनि उसको उमेरका अन्य सामान्य केटाहरुभन्दा ऊ बिल्कुलै फरक थिएन । ऊ पूर्ण रुपमा स्वस्थ भएको मैले महशुस गरेको छु । त्यही भएर मैले उसलाइ दोस्रो पटक चिकित्सक कहाँ देखाइनँ । उसको शल्यक्रिया गर्नुपर्छ भनेर कहिल्यै सोचिनँ । ’

‘मुटु भित्रै राखिदिए हुन्थ्यो’

बाबुले उनको उपचार आवश्यक नदेखे पनि अर्पित भने एक पटक राम्रोसँग स्वास्थ्य उपचार भइदिए हुँदो हो भन्छन् । आफ्नो जस्तै असमान्य स्वास्थ्य अवस्था जन्मेकी चीनकी एक युवतीमा उपचार भएको समाचार सुनेपछि उनी अहिले आफ्नो मुटु शल्यक्रियामार्फत ठीक ठाँउमा रहोस भन्ने चाहन्छन् । अर्पितलाई परीक्षण गरिसकेपछि डा पिटरले उनको नाईटोमाथि पेटको असामान्य अवस्था र मुटलगायत पाँचओटा समस्या देखाएका छन् । ती सबै समस्याको सम्बोधन गरे उनी अझै ढुक्क भएर बाँच्ने थिए ।

‘अर्को व्यबस्था नहुन्जेलका लागि उनी ठीकै छन्,‘ पिटर भन्छन् ‘तर उनलाई जुनसुकै बेला स्वाशप्रश्वास सम्बन्धि समस्या वा रक्त प्रवाहमा जटिलता देखिन सक्छ । मुटु बाहिर झुण्डिदा उसको शरिरलाई बढी चोट परेको छ । उनका लागि सबैभन्दा राम्रो उपाय भने शल्यक्रिया गर्नु हो । शल्यक्रियापछि उनले सामान्य जीवन जीउन सक्छन् ।’

-स्वास्थ्यखबरबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१