कतै तपार्इ मुख मैथुन त गर्नुहुन्न ? थाहा पाउनु्स सुरक्षित हुने उपायहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार ०७:३७
sex1व्यक्ति पिच्चे यौनको आकर्षण, क्षमता, रुचि र आनन्द फरक हुन्छ । मुख-मैथुनको धारणप्रति पनि प्रत्येक व्यक्तिको मत फरक हुनु स्वभाविक छ । कोही व्यक्तिका लागि यो निकै आनन्दायक र रुचिकर क्रिया हुनसक्छ भने कतिका लागि एकदमै घिनलाग्दो र एक अर्थमा  अप्राकृतिक हुनसक्छ । व्यक्तिको धार्मिक पृष्ठभूमि, शिक्षा, यौन सचेतना, यौन प्रतिको व्यक्तिगत धारणा, यौनरोग र यौन शिक्षा, यौन जोडिको व्यक्तिगत धारणा जस्ता अन्य विषयले पनि मुख-मैथुन प्रतिको धारणा बदल्न सक्छ ।
नेपालको सन्दर्भमा, मुख-मौथुन होस् वा यौन सचेतना यस्ता विषयमा खुलेर अध्ययन हुन सकेको छैन् । तर यौन गोप्य क्रिया भएकाले मुख-मैथुनको क्रिया विश्वको जुनसुकै भागमा हुनसक्ने अनुमान लगाउन सकिन्छ । सम्भोगका अलावा मुख-मैथुन रुचाउने व्यक्ति वा जोडीहरू नेपालमा यथेष्ट मात्रामा भएको तथ्याङ्क यहाँ बाट पाउन सकिन्छ । अतः मानव यौनसम्पर्कलाई विश्लेषणत्मक र अध्ययन ध्येयले हेर्ने हो भने कतिपय दम्पतीका बीच मुख-मैथुनको महत्त्वपूर्ण स्थान रहेको तथ्याङ्क यसले देखाउँछ ।

मुख-मैथुनलाई निम्न प्रकारमा वर्गिकृत गरि बुझ्न सकिन्छ :

१. लिङ्ग-मुख-मैथुन (Fallatio),
२. योनि-मुख-मैथुन (Cunnilingus)
३. गुद्द्वार-मुख-मैथुन (Anilingus)यी सवैले समग्रमा मुख-मैथुनलाई बुझाउँछ ।
कामशास्त्रमा ऋषि वात्सायनले पनि मुख-मैथुनका बारेमा वर्णन गरेको भेटिन्छ । उनले मुख-मैथुनलाई आठ किसिमले वर्गीकृत गरेका छन् । ती हुन् –
  • निमित्त (हातले लिङ्गलाई समातेर ओठमा राखेर, मुख गोलो पारेर  हल्का किसिमले घर्षण गर्नु),
  • पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउन’),
  • बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने),
  • अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने),
  • चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने),
  • परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने),
  • आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने),
  • संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने)  ।
के मुख-मैथुनले हानि गर्छ ?
मुख-मैथुन जस्ता यौन क्रियाकलाप स्वस्थकर हुन् वा होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ । मुख-मैथुन भन्दा पहिले यौन समागम हुँदा वा गर्दा पहिलो प्राथमिकतामा स्वास्थ्य र सुरक्षा तर्फ ध्यान दिन हुन जरुरी छ । अतः स्वस्थ्य जोडि बीच यौन समागम सुरक्षित भए जस्तै, स्वस्थ व्यक्तिका माझ मुख-मैथुन गर्नु सुरक्षित हुन्छ । अतः स्वास्थ्य जोडिका बीच सुरक्षित प्रणलीद्वारा मुख-मैथुन हुँदा दुवैको स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन ।पछिल्ला केही दशकमा यौन भनिसक्दा यौनरोग पनि सं-संगै विचार गर्नुपर्ने भएको छ । यसले व्यक्तिलाई यौनरोग संग सचेत गराएको छ । यद्धपि यौनरोगका बारेमा कतिपय गलत धारणा समाजमा विध्यमान छन् । मुख-मैथुनको क्रियामा कुनै एक व्यक्तिमा यौनरोग छ भने त्यो अर्को व्यक्तिमा सर्न सक्छ । रोग सर्ने कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ ।यौनरोग भएको खण्डमा राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र जस्तो सुकै यौन क्रियाकलापमा सरिक हुनु राम्रो मानिन्छ । यदि यौन साथी मध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ । यसरी यौनरोगको संङ्क्रमण आफूमा र आफूबाट अरुमा नियन्त्रण गर्न सकिन्छ ।

यौनरोग सर्ने सम्भवना कति हुन्छ ?

यौनरोग सर्छ वा सर्दैन, यो गरिएको क्रियाको प्रकृति अनुसार भरपर्छ । क्रियामा अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा रोग सर्ने जोखिम भर पर्छ । मूख्य यौनरोग मानिएको एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्नमा, तपाईंको मुख-मैथुन हुँदाको परिस्थितिमा यो भरपर्छ । सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical Risk) भनिन्छ । थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (Wet Kissing), कन्डम लगाएर गरिएको मुख-मैथुन,  औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन् । रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम-जोखिमपूर्ण (Low Risk)  भनिन्छ । कन्डम नलगाई गरिएका मुख-मैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन् ।

सुरक्षाका उपाय के हुन् ? 

माथि उल्लेखित यौनक्रिया सुरक्षित बनाउन कन्डमको प्रयोग अनिवार्य छ । यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । “योनि-मुख-मैथुन”का लागि ‘डेन्टल ड्याम’ [(Dental Dam), रवरको पातलो चारपाटे टुक्रा] को प्रयोग गर्न सकिन्छ । ‘डेन्टल ड्याम’ छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ ।

ध्यान दिनुपर्ने कुरा के के हुन् ?

मुख-मैथुनका लागि अर्को महत्त्वपूर्ण कुरा यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइमा राम्रोसँग ध्यान दिदौनौं । यसलाई जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन । यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ । यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त हुन्छ । पानी मनतातो हुनु बेस हुन्छ । धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ । योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायक हुँदैन । दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्क भन्दा पहिले यसो गर्न सकिए मुख-मैथुनको आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ । कतिपय यौनरोगहरु पुरुषलाई मात्र लाग्ने र महिलालाई मात्र लाग्ने पनि छन् । यस्ता रोगका किटाणु पुरुषका वा महिलाका योनाङ्गमा हुन्छन् तर केही असर गर्दैनन् । तर यौनक्रियाका समयमा एक अर्कामा सर्ने गर्छन् जसले अर्को व्यक्तिलाई असर पार्छ । यस्तो अवस्थामा यौन अङ्गको सरसफाइले धेरै हद सम्म सुरक्षित यौनक्रियाकलाप हुन सघाउँछ ।

के वीर्य खाइए हानि हुन्छ  ?

वीर्यमा पुरुष प्रजनन अङ्गहरू जस्तै वीर्यथैलीबाट निस्किएको रस, शुक्रवाहिनी नलीको रस, पौरष ग्रन्थि तथा मूत्रनलीका [(Mucous), शेष्म ] ग्रन्थिका रसहरूबाट बनेका हुन्छन् र यसैमा अण्डकोषबाट उत्पादित शुक्रकीटहरू हुन्छन् । जहाँसम्म हानिको कुरा छ, यसमा भएका पदार्थहरू ‘शुक्रकीट’ (Sperm, Spermatozoa)  बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । त्यसैले निलिए पनि हानि गर्ने कुरा भएन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटबाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं भन्ने कुरा पनि बिर्सनु भएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१