फिफाका अध्यक्ष ब्लाटरलाई पद छोड्न दबाब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७१, बुधबार १२:३६

 विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरलाई अर्को वर्ष पद छोड्न दबाब बढेको छ ।
अगामी वर्ष हुन लागेको चुनावमा पाँचौ कार्यकालका लागि ब्लाटरले आफ्नो होड त्याग्नुपर्ने बताएका हुन् । फिफा कंग्रेसको बैठक अघि युरोपका फुटबल संघका प्रतिनिधिको बैठकमा उनीहरुले ब्लाटरको नेतृत्वमा फिफाले भ्रष्टाचारका धेरै मुद्दा सामना गर्नुपरेको र उनको छवि खराब भएको बताएका हुन् ।SUIZA-FÚTBOL-FIFA
डच फुटबल एशोसिएशनका प्रमुख माइकल भान प्रागले आगामी कार्यकालमा ब्लाटरले अध्यक्ष बन्ने कोशिस गर्न नहुने र फिफाका बारेमा अहिले भैरहेका सबै स्क्यान्डलको जिम्मा ब्लाटरले नै लिनुपर्ने बताउनुभयो । केही वर्षयता भएका क्रियाकलापले फिफा निकै बदनाम भएको उहाँको तर्क छ ।
यस्तै इंगल्याडका फुटबल एशोसिएशनका प्रमुख ग्रेग डाइकले सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा कतारलाई दिएको विषयमा ब्लाटरले दिएको प्रतिक्रिया चिन्ताजनक भएको बताएका छन् । म्यान्चेष्टर युनाइटेडका पूर्व प्रमुखले पनि ब्लाटरले फेरि पदका लागि उठ्नु निराशाजनक भएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१