अपवादबाहेक मोडलिङ र अभिनयको क्षेत्रमा करियर बनाउनका लागि सुन्दर अनुहारको साथमा सुहाउँदो उचाई र व्यक्तित्व हुनु जरुरी छ । बलिउडमा अहिले सोनम कपुर, क्याटरिना कैफ, दीपिका पादुकोण, सोनाक्षी सिन्हा, अनुष्का शर्मा जस्ता केही अग्ला नायिकाहरुको नै दबदबा छ तर, सन् १९९० दशकको अन्त्यतिर बलिउड प्रवेश गरेका केही आशा लाग्दा नायिकाहरु उचाईकै कारण फिल्मी करियरले सोचेजस्तो सफलता पाउन सकेन जसमध्ये कोहि त्यतिकै लाइमलाइटबाट हराए।
शिल्पा सेट्ठी: शिल्पालाई बलिउडले अहिले ‘ग्ल्यामरस ममी’ को अनौपचारिक उपाधि दिएको छ । अनुहारमा सुन्दरताको पर्याप्त चमक हुँदाहुँदै पनि उनलाई चल्तीको अभिनेत्रीको रुपमा लिदइँदैनथ्यो । यसको कारण उचाईलाई नै मानिन्थ्यो । उनले शाहरुख, सलमान, गोविन्दा लगायत अभिनेतासँग काम गरेकी छिन्, जो उनीभन्दा होचा छन् । उनको उचाई झण्डे पाँच फिट नौ इन्च छ ।
पुजा वत्रा: पुजाको उचाई पाँच फिट दश इन्च छ । हिन्दीका अलावा केही तेलेगु र मलायालम गरी करिब दुई दर्जन फिल्ममा अभिनय गर्दा समेत चर्चामा आउन नसकेकी उनी आफ्नो उचाईदेखि दिक्दार छिन् । उनका ‘कहिँ प्यार हो ना जाए’, ‘हसिना मान जाएगी’ फिल्म सफल भएका छन् । जसमा उनलाई सञ्जय दत्त, ज्याकी श्राफजस्ता अग्ला कदका अभिनेताको साथ थियो । अहिले बलिउडको ठूलो पर्दामा उनको अनुहार देखिँदैन ।
सुष्मिता सेन: पूर्व– मिस युनिभर्ससमेत रहेकी सुष्मिताको उचाई पनि झण्डै पाँच फिट दश इन्च छ । उनी स्वयंले यस कुराको खुलासा गरेकी थिइन्,‘पाँच फिट सात इन्च भएका सलमानसँग मे ने प्यार क्यँु कियामा काम गर्दा मैले ठूलै हैरानी व्यहोर्नु प¥यो ।’ हैरानी भोगेपनि उनलाई धेरै फिल्मका अफर उचाईकै कारणले आएका छन्।
सोनाली बेन्द्रे: बिहे गरेपछि फिल्म क्षेत्रबाट टाढिएकी सोनाली बलिउडमा धेरै वर्ष काम त गरिन् तर, चल्तीका अभिनेत्रीको सूचीमा उनी कहिल्यै अटाइनन् । उनका अनुसार उचाई र पातलो कम्मरका कारण नै उनलाई फिल्ममा लिन मान्दैनथे । हाल उनी टिभि रियालिटी सोतिर देखिन थालेकी छिन् ।
युक्ता मुखी: युक्ताले जम्माजम्मी ६ फिल्ममा अभिनय गरेकी छिन् । मिस वल्र्डको ताज पहिरिएपनि फिल्ममा भने उनी फ्लप रहिन् । ६ फिट एक इन्च अग्लो भएकैले उनी फिल्ममा अटाउन नसकेको मानिन्छ ।
दीपानिता शर्मा: आठ फिल्ममा काम गर्दा दीपानिताको जम्मा एउटा फिल्म सफल भएको छ । आठवटा फिल्ममा काम गरे पनि उन िमुख्य भूमिकामा भने छैनन् । पाँच फिट नौ इन्च अग्ली दीपानितालाई अग्लो कदकै कारण फिल्ममा मुख्य भूमिकामा नलिएको मानिन्छ । सेतोपाटिबाट
प्रतिक्रिया