काठमाडौँ । झट्ट हेर्दा गुडियाजस्ती देखिन्छिन् । अलिबेर हेर्दा पनि गुडिया नै हुन् कि भन्ने भान पर्छ । नपरोस् पनि किन, २९ वर्षीया युक्रेनी मोडल भेलेरिया लुकयनोवाको अनुहारदेखि जिउडालसम्म गुडियाभन्दा फरक छैन ।
भेलेरियाको अनुहार र छालाको रङ केही समयदेखि चर्चाको विषय बनिरहेको छ । भेलेरियाले पछिल्लोपटक आफ्ना तस्बिरहरू पोस्ट गर्दै जे दाबी गरेकी छिन्, त्यसलाई भने धेरैले पत्याउन सकेका छैनन् । उनको दाबी के छ भने केही समयअघि उनलाई युक्रेनमा दुई पुरुषले हमला गरेका थिए । हमलामा उनी गम्भीर रूपमा घाइते भइन् । त्यही भएर उनले आफ्नो अनुहारको सर्जरी गराएकी हुन् । तर, फ्यानहरूले भने यो कुरालाई पत्याएका छन् । उनीहरू के विश्वास गर्छन् भने भेलेरियाले सुन्दरी हुने चक्करमा आफैँ अस्पताल गएर कस्मेटिक सर्जरी गराएकी हुन् र डलजस्ती बनेकी हुन् । धेरै नकारात्मक टिप्पणी आएपछि उनले हमलाको काल्पनिक कथा रचेकी हुन् भन्ने उनीहरूको जिकिर छ । सामाजिक सञ्जालमा उनका विषयमा धेरै टीका–टिप्पणीहरू भइरहेका छन् ।
त्यसो त भेलेरिया पहिले आफ्नो लिंग परिवर्तन गरेर पुरुष बन्न उत्सुक थिइन् । उनले आफूलाई पातलो शरीर मन नपर्ने र मसल्स बढाएर सुगठित शरीर बनाउन चाहेको बताएकी थिइन् । तर, भइदियो उल्टो । उनले आफ्नो शरीर कसरी यति पातलो भइदियो भन्नेचाहिँ खुलाएकी छैनन् ।
प्रतिक्रिया