डाक्टरको परीक्षामा कडाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७२, बिहीबार १२:१४

nmcकाठमाडौं ।
एमबिबिएस र बिडिएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि प्रवेशपत्रमा औँठाछाप लगाउनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले आगामी १२ मंसिरमा हुने एमबिबिएस र बिडिएस तहको लाइसेन्स परीक्षादेखि नै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो ।
लाइसेन्स परीक्षामा कतिपय विद्यार्थी पटकपटक फेल हुने गरेको र त्यस्ता विद्यार्थीले नक्कली परीक्षार्थी खडा गर्न सक्ने सम्भावना रहेको भन्दै काउन्सिलले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । परीक्षाका वेला औँठाछाप अनिवार्य गर्न लागेको काउन्सिलले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लाइसेन्स वितरण गर्ने वेलामा परीक्षाका वेला गरेको हस्ताक्षर, औँठाछाप र फोटो पुनस् रुजु गरेर मात्र लाइसेन्स वितरण गर्नेछ ।

नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१