४० लाखको ८ किलोको साडी लगाउँछिन् नीता अम्बानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७२, बिहीबार १२:११

Mभारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानीले अलग पहिचान बनाएकी छिन् व्यवसायमा । व्यवसायमा मात्र होइन, नीता ‘फिटनेस’मा पनि उत्तिकै ध्यान दिन्छिन् । त्यसैले त समयसमयमा उनलाई बलिउडका अभिनेत्रीसँग पनि तुलना गरिन्छ ।
नीताको जीवनशैली पनि बारम्बार चर्चामा आउँछ । नआओस् पनि किन, उनी जीवनशैली नै लोभ्याउने खालको छ । नीताले रिलायन्स इन्डस्ट्रिज ग्रुपका सिइओ नाथवानीका छोराको विवाहमा ४० लाखको साडी लगाएपछि चर्चा चुलिएको थियो । यो साडीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा पनि आफ्नो नाम लेखाउन सफल भयो । यो साडी चेन्नईको काँचीपुरममा ३६ कालिगडले बनाएका थिए । साडीको वजन आठ किलो थियो । यो साडीको विशेषता अर्को पनि छ– यसलाई बनाउन कुनै पनि मेसिनको प्रयोग भएन । यी सबै कारणले नै साडीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गराएको थियो ।
नीताले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मेरा छोराहरू साना थिए, त्यतिवेला म उनीहरूलाई शुक्रबार पकेट खर्चका रूपमा जम्मा पाँच रुपैयाँ दिन्थेँ । त्यो उनीहरू क्यान्टिनमा खर्च गर्थे ।’ तर, एकदिन उनको सानो छोराले कम्प्लेन गरेछ, ‘साथीहरू मेरो पाँच रुपैयाँ देखेर भन्छन्– तँ अम्बानी होस् कि भिखारी रु’ अहिले पनि नीता घरको खर्च आफैँ व्यवस्थापन गर्छिन् । देशको सबैभन्दा धनी परिवारकी भए पनि नीताले भान्साको खर्च पनि आफैँ व्यवस्थापन गर्छिन् । र, अन्य कामका लागि पनि ।
नीताको ‘ह्यान्ड ब्याग’को ‘कलेक्सन’ पनि कम लोभलाग्दो छैन । उनका सबै गहना हिराका छन् । विश्वका सबै ब्रान्डका गहना उनीसँग छन् । उनी प्रत्येक दिन जापानको सबैभन्दा पुरानो ब्रान्ड ‘नोरिटेक’को कपमा चिया पिउँछिन् । यो कपको ‘बोर्डर’मा सुन राखिएको छ । यो कपको पचास ‘पिस’को सेटको मूल्य दुई लाखभन्दा धेरै पर्छ ।
त्यस्तै, नीतालाई ‘ब्रान्डेड’ घडी पनि अत्यन्त मन पर्छ । उनको घडी कलेक्सन पनि ठूलो छ । घडीको कलेक्सनमा बुल्गारी, कार्टियर, राडो, गुची, केल्विन केलिन तथा फोसिलजस्ता महँगा ब्रान्डका घडी छन् । यस्ता ब्रान्डेड घडीको मूल्य ३ लाखबाट सुरु हुन्छ । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया