जनवारले पनि कुरा बुझ्छन् !
हो, जनावरहरुले हामी मानिस जस्तै एक अकाले भनेको बुझ्ने गर्छन् । उनीहरु हामी जस्तो बोल्न भने अवश्य सक्दैनन् तर विशेष प्रकारको आवाज निकालेर वा संकेत प्रदान गरेर एक आपसमा कुरा गर्ने गर्छन् ।
हामी मानिसमा पनि सबै कुरा बोलेर वा शब्दको माध्यमबाट मात्र एक अर्का सँग कुराहरु आदान प्रदान हुने गर्दैन् । हामी पनि विशेष प्रकारको संकेतको प्रयोग गर्छौं । जस्तै खुसी छौ भने हामी हाँस्ने गर्छौँ । रिसाउँदा भने हाम्रो संकेत अर्कै हुन्छ । त्यसै गरी हामी टाउको हल्लाउने गर्छौं, हात हल्लाउने गर्छौं । यो पनि कुरा आदान प्रदान गर्ने तरिका हो । यसरी नै धेरै जनवारहरु पनि आफ्नो कुराहरु एक अर्कालाई बताउने गर्छन् ।
जब पोथी कुखराले ठूलो स्वरले कराउँछिन् वा पखेटा फिजाउँछिन्, तब उसको चल्लाहरुले खतराको संकेत बुझ्ने गर्छन् । घोडाहरु पनि आफ्नो कुरा भन्नका लागि उर्फने वा कराउने गर्छन् । यो कुरा अरु घोडाहरुले बुझने गर्छ । कोही जनवारहरुले सानो संकेतको प्रयोग गरेर आफ्नो कुराहरु आदान प्रदान गर्छन् । चराहरुमा पनि विभिन्न तरिकाले कुराहरु हुने गर्छ । जबसम्म एउटा चरा बसिरहेको ठाँउबाट उड्दैन, तब सम्म अरु चराहरु पनि त्यहीँ बस्छन् । तर एउटा चरा उड्ने बित्तिकै अरु चराहरु पनि त्यसैको पछि लाग्ने गर्छन् । यो पनि सांकेतिक कुराकानी हो ।
कुकुरहरु पनि धेरै प्रकारले कुरा आदान प्रदान गर्ने गर्छन् । कहिले काहीँ उनीहरु भुक्छन् त कहिले रुने कराउने पनि गर्छन् । यो कुरा अरु कुकुरहरुले बुझ्ने गर्छन् । खुसी भएको बेला उनीहरु पुच्छर हल्लाउने र यताउता कुद्ने गर्छन् । आवाज र संकेतको माध्यमबाट मात्र उनीहरु कुरा गर्ने गर्दैनन् । गन्धको माध्यमबाट पनि उनीहरु एक अर्कालाई चिन्ने काम गर्छन् । गन्धको प्रयोग भेडा र कुकुरहरुले बढी मात्रमा प्रयोग गर्ने गर्छन् ।
बाँदरहरु पनि मानिसहरुले जस्तो आफ्नो भावनाहरु प्रस्तुत गर्छन् । तर उनीहरु बोल्न भने सक्तैनन् । हामी मानिसहरुले बोल्नका लागि सिक्नु पर्छ तर उनीहरुमा आफैं त्यस्तो कुरा आवाजका माध्यमबाट आदानप्रदान गर्ने क्षमता विकास भएको हुन्छ । चराहरु भने आफूले गाउने तरिका अरुबाट सिक्ने गर्छन् । यदी भंगेरालाई अरु चरासँग राख्यो भने त्यो अरु चरा जस्तो बोल्नु वा गाउनु खोज्छ । सुगा पनि त्यसरी नै मानिस जस्तो बोल्ने प्रयास गर्छ ।
सर्पले आफ्नो जिब्रो किन हल्लाउने गर्छ ?
सर्प, यो सुन्ने बित्तिकै एकपटक सबैलाई डर लाग्न सक्छ । किन नलागोस् पनि, विषालु सर्पले टोक्यो भने शरीरमा विष पस्छ, त्यसरी पसेको विषले जोसुकैलाई पनि मार्न सक्छ । सर्पको एउटा अनौठो बानी हुन्छ । यसलाई नियालेर हेर्ने हो भने जहिले पनि आफ्नो जिब्रो बाहिर निकालेर हल्लाउने गर्छ । आखिर यसले यस्तो किन गर्छ त ?
वास्तवमा सर्पले मात्र नभएर अरु घस्रने जीवहरुले पनि यसै गरी आफ्नो जिब्रो बाहिर निकालेर हल्लाउने गर्छ । यिनीहरुले यसो गर्नुको प्रमुख कारण भनेको आफ्नो खानेकुराको गन्ध पत्ता लगाउनु हो । छेपारो, भित्ती आदिले पनि यसै गरी आफ्नो आहारको गन्ध पत्ता लगाउने गर्छन् । उनीहरु आफ्नो जिब्रोको मदतले सुघ्ने गर्छन् । घस्रने जीवहरुमा गन्ध पत्ता लगाउने अंग जिब्रोमा हुन्छ । यसलाई ज्याकोबसन अंग पनि भनिन्छ । उनीहरुले जिब्रो हावामा हल्लाउँदा हावाको कणलाई लिने गर्छन् । त्यो कणलाई ज्याकोबसन अंगमा रसायनिक परिक्षणको लागि पठाउने गर्छ । यदि त्यहाँ कुनै जनवारको गन्ध छ भने त्यस अंगले तुरुन्तै पत्ता लगाउने गर्छ । यसरी जिब्रोबाट लिएको गन्धको आधारमा सर्पले आफू छेउछाउ भएको हरेक जनवारबारे थाहा पाउन सक्छ । यदि आफ्नो छेउमा कुनै आहरा छ भने त्यसलाई तुरुन्त झम्टेर खाने गर्छ । भाइपर नामक सर्पले मुसाको शिकार गर्न त्यसलाई पछ्याउनको लागि पनि यसो गर्ने गर्छ ।
यसरी सर्पहरुले जिब्रोको प्रयोग सुघ्नमा र आफ्नो आहार पत्ता लगाउने काममा प्रयोग गर्ने गर्छ ।
सिकार गरेर खाने चराहरुको आँखा हामी मानिसको भन्दा निकै तेजिलो हुने गर्छ ।
हामी सोच्छौ होला, यो संसारमा सबैभन्दा तेजिलो आँखा हामी मानिसको हुन्छ । तर वास्तवमा सिकार गरेर खाने चराहरुको आँखा हामी मानिसको भन्दा निकै तेजिलो हुने गर्छ । तीमध्ये पनि बाजको त सबैभन्दा तेजिलो हुने गर्छ । एउटा बाजले १००० मिटर परबाट बसिरहेको परेवालाई देख्न सक्छ । यदि त्यो परेवा उडिरहेको छ भने त झन् १६०० मिटर पर बाट नै पत्ता लगाउन सक्छ ।
त्यत्तिकै दूरीबाट हामी ले त्यो परेवालाई देख्नु छ भने करिब ६ गुणा शक्ति भएको दूरविनको सहारा लिनुपर्ने हुन्छ ।
कुकुरले चाहिँ हेरेरभन्दा गन्धको आधारमा चिज पत्ता लागाउने गर्छ । त्यसलै एउटा कुकुरले करिब ५००–७०० मिटरसम्म मात्र मानिसलाई देख्न सक्छ । मानिसको समूहमा उसले आफ्नो मालिक हो भनी करिब ११० मिटरसम्म मात्र मात्र ठम्याउन सक्छ ।
मानिस र जनवारको तुलना गर्ने हो भने मानिसले १०० मिटर टाढाबाट १.६५ सेन्टिमिटर व्यास भएको गोलो वस्तु ठ्म्याउन सक्छ । त्यसै गरी हरिणले १५.५ सेन्टिमिटर व्यास भएको र मुसाले ७५.६ सेन्टिमिटर व्यास भएको गोलो वस्तु ठम्याउन सक्छ । सबैभन्दा खराब हेर्ने क्षमता भएको चरा ब्ल्याक बर्ड हो । यसले १०० मिटर टाडा बाट ३.८ सेन्टिमिटर व्यास भएको वस्तु मात्र ठम्याउन सक्छ । यो चराको देख्ने क्षमता मानिसको भन्दा पनि कम हुन्छ । तर चिलले ०.४७ सेन्टिमिटर व्यास भएको गालो वस्तु ठम्याउन सक्छ । उडिरहेको बेला यसले करिब १००० मिटर माथिदेखि भुइँमा भएको मुसा ठम्याउन सक्छ ।
जनावरले पनि स्वाद लिन सक्छ !
खुर्सानी कस्तो हुन्छ ? यो प्रश्नको एउटै उत्तर हुन्छ– पीरो । हामीमा खानेकुराको स्वाद थाहा पाउने अनौठो क्षमता हुन्छ । स्वादकै मद्दतले हामीले खाँदा एक किसिमको मज्जा लिने गर्छौं । यसले मजा मात्र नभएर हामीलाई हानि हुने खानेकुराबाट पनि बचाउन मद्दत गर्छ ।
हामीले कसरी स्वाद थाहा पाउँछौं त ? यो जिज्ञासा उठ्नु स्वभाविकै हो । वास्तवमा स्वाद भन्ने कुरा अरु केही नभएर खानेकुरामा भएको अणुहरु को प्रभाव हो । तीब्र गतिमा चलायमान रहने यी अणुहरुले हाम्रो स्वाद लिने भागलाई उत्तेजित पार्छन् । त्यसलाई हाम्रो मस्तिष्कले ग्रहण गरेपछि हामी स्वाद थाहा पाउँछौं । विशेष गरेर तरल पदार्थमा यी अणुहरु बढी स्वतन्त्र रुपमा चलायमान् हुन पाउँछन् । त्यही भएर तरल पदार्थको स्वाद ठोस पदार्थको भन्दा बढी हुन्छ । अझ खानेकुरा तातो हुँदा ती अणुहरुको गति तीब्र हुने गर्छ । त्यसैले तातोपदार्थको स्वाद अरुभन्दा धेरै हुने गर्छ । हाम्रो स्वाद ग्रन्थी जिब्रोमा रहेका स–साना फोकाजस्ता भागहरुले सबैभन्दा पहिले स्वाद ग्रहण गर्छन् । तिनीहरुले विशेष प्रकारले स्वाद लिने गर्छन् । जिब्रोका विभिन्न भागहरुमा अमिलो पिरो, नुनिलो, गुलियो, तीतो जस्ता विभिन्न स्वादहरु लिने ग्रन्थी हुन्छन् ।
स्वादले खानेकुरा मीठो निमीठो अनुभव हुन्छ । हामीमा स्वाद थाहा पाउने क्षमता हुन्छ, त्यसैल खानेकुुरा स्वाद लिइलिई खान्छौं । यस्तो स्वाद लिने क्षमता जनावरहरुमा पनि हुन्छ । वास्तवमा स्वाद लिने क्षमता मानिसको तुलनामा जनावरहरुमा अझ बढी हुने गर्छ । सुँगुरमा ५०० वटा स्वाद ग्रन्थीहरु हुने गर्छन् । गाईमा ३५०० वटा र हरिणको त ५० हजार वटा स्वाद ग्रन्थीहरु हुन्छन् ।
जमीनमा बस्ने मानिस र अरु जनावरहरुमा त जिब्रोमा स्वाद लिने क्षमता हुन्छ । अझ समुद्रमा वा पानीमा बस्ने कतिपय प्राणीहरुको त जिउभरि नै स्वाद लिने ग्रन्थीहरु हुने गर्छन् । उदाहरणको लागि, माछाको स्वादग्रन्थी टाउकोदेखि लिएर पुच्छरसम्म हुन्छ । ह्वेल माछामा भने स्वादग्रन्थी निक्कै कम हुन्छ ।
कीराहरुले पनि स्वाद थाहा पाउँछन् । झिंगा, पुतली जस्ता कीराहरुले खुट्टाको मद्दतले स्वाद थाहा पाउने गर्छन् । पुतलीले गुलियो खानेकुरा वा वस्तुमा खुट्टा राख्छ र विशेष प्रकारको मुखबाट रस चुस्ने गर्छ ।
साँप र छेपाराले पनि हामीले जस्तै खानेकुरा खान जिब्रोको प्रयोग गर्छन । तर तिनीहरुले जिब्रोको प्रयोग खानेकुरा उठाउनका लागि वा चलाउनका लागि मात्रै गर्छन् । त्यसको गन्ध र स्वाद चाहिँ उनीहरुले मुखको माथिल्लो भागमा हुने विशेष अंगबाट लिने गर्छन् ।
स्रोतः टेल मि वाई
डाइनासोर कस्ता कस्ता !
हामी सबैले डाइनासोरका बारेमा सुनेका छौँ होला । डायनासोर घस्रने जीवहरुको प्रजातिमा पर्दछ । यिनीहरु लाखौं वर्ष पहिले यस संसारमा बस्ने गर्थे । उनीहरु धेरै ठूला र ताकतवर थिए । त्यसैले यस संसारमा उनीहरुको हालीमुहाली थियो । तर यस्तो शक्तिशाली जीव पनि पछि गएर यस संसारबाट मासियो । डायनोसर मासिनुको कारण अझैसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । कसैले अन्तरीक्षबाट खसेको आकाशीय पिण्ड पृथ्वीमा बज्रँदा त्यसको विनाश भएको मान्छन् । कसै कसैले चाहिँ संसारको बदलिँदो वातावरणसँग घुलमिल हुन नसेकेको कारणले गर्दा नै डायनोसर यस संसारबाट सधैंका लागि लोप हुन पुगेका हुन् पनि भन्छन् । अहिले वैज्ञानिकहरुले जमिनमुनि गाडिएको हाड र अवशेषको माध्यमबाट उनीहरुका बारेमा धरै कुराहरुको अध्ययन गरिरहेका छन् । त्यही अध्ययनको आधारमा तिनीहरुको बारेमा केही रोचक तथ्य तल प्रस्तुत गरिएको छः
१) सबैभन्दा ठूलो डायनासोर ब्राकियोसोरस थियो । त्यसको तौल करिब १००,००० पाउन्डको थियो । त्यसको उचाइ भने ४५ फिट र लम्बाई ८० फिट रहेको थियो ।
२) कम्सोग्नेथससबैभन्दा सानो डायनासोर थियो । यो करिब १२ इन्चको मात्र थियो । यो पखेटा नभएको चरा जस्तो देखिन्थ्यो ।
३) सबैभन्दा लामो डायनासोर भने डिप्लोडोकस थियो । यसको लम्बाइ करिब ९० फिट थियो ।
४) डायनासोरमध्ये सबैभन्दा खतरनाक र मांसाहारी टायरानोसोरस रेक्स थियो । यसले अरु साकाहारी र स–साना डायनासोरसहरुलाई पनि खाने गथ्र्यो ।
५) सबैभन्दा ठूलो उड्ने डायनासोर टरानोडन थियो । यसको पखेटाको फैलावट करिब २५ फिटको थियो ।
६) हिप्सीलोफोडोन नामक डायनासोर सबैभन्दा छिटो कुद्नु सक्थ्यो ।
७) सबैभन्दा अन्तिम र ठूलो मासु खाने डायनासोर टायरानोसोरस थियो ।
जाडोमा भ्यागुता कहाँ जान्छ ?
भ्यागुताहरु प्रायः पोखरी र खोलाको किनारमा बस्ने गर्छन् । यदि तपाईंहरु पनि खोला वा पोखरीको छेउमा बस्नुहुन्छ भने अवश्य पनि तपाईंहरुले भ्यागुता धेरै देख्नु भएको छ होला । तिनीहरु विशेष गरेर पानी पर्ने समयमा बढी सक्रिय हुने गर्छन् । वर्षाको बेलामा त यिनीहरु हाम्रै घर वरपर आउँछन् र ठूलो स्वरमा कराउने गर्छन् । घरछेउमा खेत पोखरी नहुनेले पनि यति बेला भने अवश्य नै भ्यागुतालाई सुन्न र देख्न पाउँछन् । तर जाडोको समयमा भने हामी न त तिनीहरुलाई सुन्न सक्छौँ न त देख्न नै सक्छौँ । आखिर जाडोमा तिनीहरु कहाँ जान्छन् त ?
भ्यागुताहरु चिसो रगत हुने प्राणीहरुको समूहमा पर्दछन् । तिनीहरु पानी र जमिन दुबैमा बस्न सक्छन् । यस्ता प्राणीहरुलाई उभयचर प्राणी भनिन्छ । अंग्रेजीमा यसलाई एम्फिबियन भनिन्छ । जसको अर्थ दुईवटा जीवन हो । एउटा विकसित भ्यागुताको हाम्रो जस्तै फोक्सो हुने गर्छ । तर त्यसको सास फेर्ने तरिका भने हामीभन्दा फरक हुन्छ । त्यसले पहिले नाकबाट सास मुखमा भर्ने गर्छ । त्यसपछि आफ्नो घाँटी उठाएर हावालाई फोक्सोमा पठाउँने गर्छ ।
जाडोमा पोखरीको पानी एकदमै चिसो हुने गर्छ । खानेकुराहरु पनि भनेजस्तो पर्याप्त मात्रामा पाइँदैन । अझ ध्रुवीय क्षेत्रका नजिकमा रहेका ठाउँहरुमा पोखरी बरफमा नै परिणत हुने गर्छन् । यति बेला भ्यागुताहरु पोखरीको फेदमा जान्छन् र आफूलाई माटोले पुरेर बस्ने गर्छन् । पोखरीको माथिल्लो भाग बरफमा परिणत भए पनि त्यसको फेद भने कहिले पनि बरफ हुँदैन । यसरी पोखरीमै बसे पनि भ्यागुताहरु बरफमा जम्दैनन् । तर त्यहाँ धेरै चिसो भने अवश्य नै हुने गर्छ । जब उभयचर प्राणीको शरीरको तापक्रम घट्छ, तब तिनीहरुलाई कम अक्सिजन चाहिने गर्छ । किनभने यति बेला उनीहरुको शरीरका जरुरी अंगहरुबाहेक सबै अंगहरु सुतेको अवस्थामा रहन्छन् र उनीहरुले करीब करीब खानेकुरा नै पनि खान बन्द गरिरहेका हुन्छन् । यसलाई शीतनिद्रा भनिन्छ । यस्तो अवस्थामा भ्यागुता लामो समयसम्म पोखरीमा सास नफेरिकन नै बस्न सक्छन् ।
हामीले पढेका छौं, पानी अक्सिजन र हाइड्रोजन मिलेरबनेको हुन्छ । यसको अर्थ पानीमा पनि अक्सिजन हुने गर्छ । यदि तिनीहरुलाई अलिकति अक्सिजन चाहिएमा छालाको मदतबाट पानीबाट पनि अक्सिजन लिने गर्छन् । कहिले कहिले भने तिनीहरु पोखरीको फेदमा नभएर खोला वा पोखरीको किनारमा रहेको प्वालहरुमा अथवा ढुंगाको कापमा पनि बस्ने गर्छन् ।
भ्यागुताहरु विभिन्न किसिमका हुने गर्छन् । कोही धेरै ठूला हुने गर्छन् भने कोही एकदमै साना हुने गर्छन् । उदाहरणको लागि रुखमा बस्ने भ्यागुताहरु मात्र २५ मिलिमिटरका हुने गर्छन् । चितुवा भ्यागुताहरु भने ५०–१०० मिलिमिटर ठूला हुन्छन् । अझ बुल फ्रग नाम गरेको भ्यागुता भने २० सेन्टिमिटरसम्म ठूला हुन्छन् । तिनीहरुको खुट्टा त झन् २५ सेन्टिमिटरका हुने गर्छन् ।
भ्यागुता विभिन्न रंगका पनि हुने गर्छन् । रुखमा बस्ने भ्यागताहरु रुखका पातअनुसार हरियो, रातो आदि हुने गर्छन् । यसले उनीहरुलाई हत्तपत्त शत्रु प्राणीले देख्न सक्दैन र त्यस्ता ठूला प्राणीहरुको आहारा हुनबाट जोगाउने गर्छन् । साँडे भ्यागुता भने गाडा खैरो रंगको हुने गर्छन् । यो रंग माटो जस्तो हुने गर्छ । सँधै माटोमा बस्ने तिनीहरुलाई हत्तपत्त कसैले पनि भेट्टाउन सक्तैन । केही भ्यागुता निक्कै आकर्षक रङ्गीन हुन्छन् तर तिनीहरु विषालु पनि हुन्छन् । तिनलाई शत्रुहरुले हत्तपत्त पक्रँदैन ।
विशाल जन्तु हात्ती, हात्तीको पुर्खा झनै विशाल !
लाखौं हज्जारौं वर्ष पहिले पृथ्वीको धेरैजसो भाग जंगलले भरिएको थियो । त्यस समयमा यस संसारमा धेरै ठूला जनवारहरु बस्ने गर्थे । तिनीहरु धेरै ठूला र बलिया थिए । तर तिनीहरु संसारको
बद्लिँदो वातावरणसँग जुध्न भने सकेनन् । जब खानाको अभाव हुन थाल्यो र संसारको तापक्रम पनि बद्लिन थाल्यो, विस्तारै तिनीहरु यस संसारबाट लोप हुन थाले । उदाहरणको लागि हामी डायनासोरलाई पनि लिन सक्छौँ । लाखौं वर्ष पहिले यस संसारमा डायनोसरहरु पाइन्थे । सम्भवतः त्यसबेलाका सबैभन्दा बलिया र डरलाग्दा जीव डायनोसर नै थिए तर अहिले संसारबाट तिनीहरुको अस्तित्व नै मेटिइसकेको छ ।
त्यसो त संसारबाट सबै जीवहरु त्यसरी मासिएका छैनन् । केही केही जीवहरु समयसँग जुघ्दै, बदलिएको वातावरणसँग आफूलाई मिसाउँदै र परिवर्तन गर्दै आएका छन् । त्यसरी आफूलाई बचाउँदै आएका थुप्रै जीवजन्तुहरुमध्ये एउटा जन्तु हात्ती पनि हो ।
वैज्ञानिकहरुका अनुसार हात्तीहरु करिब २०० करोड वर्ष पहिलेदेखि नै यस संसारमा बस्दै आएका हुन् । डायनासोरकैे पालादेखि उनीहरु यस संसारमा बसोबास गर्दै आएका हुन् । त्यसबेलाका हात्ती अहिलेका हात्तीहरुभन्दा पनि ठूला र डरलाग्दा भयानक थिए । अहिलेका हात्तीहरुका पुर्खाहरु भनेका त्यस समयका म्यामोथ नामक भीमकाय जनवारहरु थिए । अहिले अवशेषका रुपमा रहेका तिनीहरुका हाड र अस्थिपञ्जरहरु संसारका विभिन्न संग्राहलयमा राखिएका छन् । ती हाडहरु वैज्ञानिक र अनुसन्धानकर्ताहरुले उत्तर अमेरिका र यूरोपका गुफा र खोला किनारहरुमा फेला पारेका थिए । अझ साइबेरियामा त म्यामोथको पूरा जीउ नै हिँउमा सुरक्षित अवस्थामा पुरिएको पाइएको थियो । त्यसलाई पनि अहिले संग्राहलयमा सुरक्षित गरेर रखिएको छ ।हज्जारौं लाखौं वर्षअघि हात्तीहरु संसारका धेरैजसो ठाँउहरुमा पाइन्थे । तर आज आएर तिनीहरुको संख्यामा निक्कै कमी आएको छ । अहिले एसिया र अफ्रिकामा मात्र हात्ती जंगली तथा केही केही घरपालुवा अवस्थामा पाइन्छ ।
हात्तीहरु जमिनमा बस्ने संसारकै सबैभन्दा ठूला प्राणीहरु हुन् । तिनीहरु विशेष गरेर शान्त स्वभावका हुन्छन् र केही मात्रामा बुद्धिमान् पनि हुन्छन् । कुकरपछि सजिलैसँग मानिसले सिकाएको कुरा सिक्ने प्राणी भनेका हात्ती पनि हुन् । तिनीहरुको शरीर अति नै ठूलो हुने भएकाले त्यसको बोझ थाम्नका लागि खम्बा जात्रा खुट्टाहरु हुने गर्छन् । तिनीहरुका दुईवटा ठूला दाह्राहरु पनि हुन्छन् । हात्तीले दाह्राको प्रयोग खाना खोज्ने बेलामा रुखको जरा उखेल्न प्रयोग गर्ने गर्छन् । त्यसै गरी आफ्नो रक्षा गर्नका लागि पनि हात्तीले दाह्राको प्रयोग गर्ने गर्छ । हात्तीको शरीरको तुलनामा त्यसको मस्तिष्कको आकार चाहिँ निकै नै सानो हुन्छ ।
हात्तीको टाउकोमा एउटा लामो सुँड हुन्छ । यो नै हात्तीको शरीरको सबैभन्दा अचम्मको भाग हो । नाक र माथिल्लो ओँठको संयुक्त रुपमा बढेको भाग नै हात्तीको सुँड हो । सुँडले हात्तीको हात, नाक, ओँठ आदि सबैका काम एकै चोटी गर्ने गर्छ । तिनीहरुको सुँडमा करिब ४०,००० वटा मासुहरु हुने गर्छन् । त्यही भएर यो अति लचकदारको साथसाथै दह्रो पनि हुने गर्छ । तिनीहरुको सुँडको टुप्पो भने हाम्रो औँला जस्तो हुन्छ । हात्तीको सुँडको टुप्पो अति संवेदनशील हुन्छ । कतिसम्म भने सुँडको टुप्पोको मद्दतले हात्तीले एउटा सानो सियो पनि टिप्न सक्छ ।
लात्तीले सिंह पनि मार्न सक्ने जिराफ
जिराफ संसारकै सबैभन्दा अग्लो प्राणी हो । जिराफ जिराफाइड समूह अन्तर्गत पर्दछ । त्यसलाई जिराफा क्यामेलोपार्डालिस् न्ष्चबााब अबmभयिउबचमबष्कि भनेर वर्गीकरण गरिन्छ । यो सुख्खा वातावरण भएको ठाँउमा बस्ने गर्छ । यसको मुख्य बासथलो अफ्रिकाको सहारा मरुभूमिमा हो । यसको औसत उचाई करिब १७ फिट (५.३ मिटर) हुन्छ । जिराफको जिब्रो पनि करिब ४० सेन्टिमिटर लामो हुन्छ । यही लामो जिब्रोको मदतले यसले सजिलैसँग अग्लो रुखहरुको पातहरु खाने गर्छ । यसले आफ्नो ओँठको मदतले पनि रुखबाट पातहरु चुड्ने गर्छ । त्यसको प्रमुख खानेकुरा आकिया नामक रुखका पातहरु हुन् ।
अरु स्तनपायी जनवारहरुको जस्तै जिराफको घाँटीमा पनि सातवटा नै हाडहरु हुन्छन् । तर अरु जनवारहरुको तुलनामा यसको घाँटीमा धेरै मांसपेशी हुन्छन् । त्यसलाई थाम्नका लागि त्यसको हाडहरु लामा हुने गर्छन् । लामो घाँटी भएको कारण जिराफको टाउको र मुटुको दूरी पनि अरु जनवारहरु भन्दा धेरै हुन्छ । त्यही भएर त्यसको मुटु र रगत बोक्ने नसाहरु विशेष तरिकाले बनेका हुन्छन् । त्यसका नसाहरुले धेरै लामो दूरीसम्म रगतहरु बोक्न सक्छन् । यही कारणले गर्दा जिराफको दिमागमा सही मात्रामा रगत पुग्ने गर्छ । यसको गन्ध थाहा पाउने शक्ति, सुन्ने शक्ति र देख्ने शक्ति अति नै राम्रो हुन्छ ।
जिराफको छालाले बनेका दुईदेखि चारवटा सिंग पनि हुन्छन् । त्यसको छालको रंग खैरो हुन्छ । छालामा गाढा खैरो रंगका धब्बाहरु हुन्छन् । हरेक जिराफको आफ्नो छुटै प्रकारको धब्बाहरुको बनावट हुने गर्छ । त्यो धब्बाको रंग रुखहरुको हाँगासँग मिल्ने गर्छ । यो नै जिराफको एउटा प्रमुख रक्षा कवच पनि हो । किनभने, रुखको हाँगाको रंगसँग मिल्ने भएकोले शिकारी प्राणीबाट बच्न यसलाई सहयोग पुग्छ ।
बुढो हुँदै जाँदा जिराफको छालको रंग पनि गाढा हँुदै जान्छ । एउटा जिराफको औसत आयु करिब २६ दखि ३६ वर्षसम्म हुने गर्छ । जिराफ औसत ५६ कि.मी प्रतिघण्टाको दरले कुद्न सक्छ । यसको औसत तौल करिब ८०० केजी हुन्छ । त्यही भएर यो ओसिलो ठाँउ वा खोलको किनार नजिक बस्न सक्तैन । यसलाई खोलाहरु तर्न पनि निकै गाह्रो हुने गर्छ ।
अफ्रिकामा बस्ने अन्य शाकाहारी जनवारहरु सुख्खा मौसममा खानाको खोजीमा एक ठाँउदेखि अर्को ठाँउतिर यात्रा गर्छन् । तर जिराफ भने कहिल्यै पनि यात्रा गर्दैन । किनभने त्यसले आफ्नो सम्पूर्ण खाना केवल पातबाट नै पाउने गर्छ । फेरि यो जनावर महिनौंसम्म पनि पानी नखाई बस्न सक्छ । आकारमा ठूलो भए पनि कराउँदा भने त्यसले एकदमै सानो आवाज निकाल्ने गर्छ । रमाइलो कुरा के छ भने, जिराफ उभिएको उभिए नै गरेर सुत्ने गर्छ । जिराफको प्रमुख शत्रु भनेकै सिंह हो । सिंहले आक्रमण गर्दा बचावट गर्नको लागि यसले आफ्ना ठूला खुट्टाहरुको मदतले हिर्काउने गर्छ । जिराफको खुट्टाको प्रहार निक्कै शक्तिशाली हुने गर्छ । ठीकसँग लाग्यो भने जिराफले हिर्काएकोे लातले एउटा सिंहलाई मार्न पनि सक्छ ।
जिराफ प्रायः एक्लै बस्ने गर्छ । तर कहिले काहीँ यो जनावर समूहमा पनि मिलेर बस्ने गर्छ । एउटा समूहमा २ देखि १० वटासम्म जिराफ हुने गर्छ । समूहको अगुवाई सबैभन्दा बलियो भाले जिराफले नै गर्ने गर्छ । भर्खरै जन्मेको जिराफको बच्चा करिब १.७ देखि २ मिटर सम्म अग्लो हुन्छ । जन्मेको करिब २० मिनेटमा नै त्यो आफ्नो खुट्टामा उभिन सक्छ । जिराफलाई त्यसको छालाको लागि मारिने गरिन्छ । त्यही भएर संसारमा अहिले यसको संख्यामा निकै कमी आएको छ ।
के व्हेल र डल्फिन पनि सुत्छन् ?
व्हेल र डल्फिन पनि हामी मानिसजस्तै स्तनपायी जनावर हुन् । त्यही भएर तिनीहरुको विभिन्न कुराहरु हामीसँग मिल्दाजुल्दा छन् । तिनीहरुको हाडको बनावट पनि हाम्रो जस्तो नै हुन्छ । त्यसको साथसाथै तिनीहरुको रगत पनि हाम्रो जस्तो तातो हुन्छ । तिनीहरु पनि हामी जस्तै बच्चालाई जन्म दिन्छन् । तिनीहरु र हामीबीच भएको मुख्य भिन्नता भनेको तिनीहरु बस्ने वातावरण र हामी बस्ने वातावरण नै हो । व्हेल र डल्फिनको विशेष प्रकारको श्वासप्रश्वास प्रणाली हुन्छ । जसको मद्दतले तिनीहरु श्वास नफेरी पानीभित्र धेरै समयसम्म बस्न सक्छन् । झट्ट सुन्दा विश्वास गर्न गाह्रो लाग्छ– तिनीहरु कहिलेकाहीँ ३० मिनेटभन्दा बढी श्वास नफेरिकन बस्ने गर्छन् ।
जमिनमा बस्ने हामीजस्तै अन्य स्तनधारी प्राणीहरुले स्वचालित रुपमा स्वास फेरिरहेका हुन्छौं । हामी आफ्नो नियन्त्रणबिना नै निरन्तर रुपमा श्वासप्रश्वास गरिरहेका हुन्छौं । हामीले आफ्नो श्वास रोक्न खोजे पनि शरीरले आफैं श्वास लिन थाल्छ । अर्थात् सास लिने र फेर्ने प्रक्रिया हाम्रो नियन्त्रणमा नै हुँदैन । उता व्हेल र डल्फिन भने केही हदसम्म आफूले चाहुन्जेल श्वास रोक्न सक्छन् । तिनीहरुले आफूले चाहेको बेलामा सास लिन, रोक्न र छोड्न सक्छ ।
हाम्रो शरीरको प्रत्येक क्रियाकलापलाई मस्तिष्कले नियन्त्रण गर्ने गर्छ । तर हामीजस्तै अन्य स्तनधारी प्राणीको मस्तिष्कलाई सही रुपमा काम गर्नका लागि बेलाबेला आराम चाहिने गर्छ । त्यही आराम लिने क्रममा नै हामीलाई निद्रा लाग्ने गर्छ वा हामी निदाउने गर्छौं । अब प्रश्न उठ्छ– ह्वेल र डल्फिनको मस्तिष्कले कतिखेर आराम गर्छ त ? किनभने उनीहरुले चाहेको बेलामा सास फेर्ने र रोक्ने गरिरहेको हुन्छ र त्यस्तो अवस्थामा मस्तिष्क जागृत अवस्थामा रहनु जरुरी हुन्छ । यदि ह्वेल वा डल्फिनमा सास फेर्ने प्रक्रिया स्वचालित रुपमा हुँदैन भने उनीहरुले सास फेर्ने प्रक्रियालाई नियन्त्रण गर्न पनि जागिरहनु पर्ने भयो । त्यसो भने उनीहरु सुत्न मिलेन । तर नसुत्ने हो भने उनीहरुको मस्तिष्कले आराम पनि पाउँदैन । के उनीहरु सुत्दैनन् त ?
यो कुरा पत्ता लगाउन वैज्ञानिकहरुले डल्फिनको मस्तिष्कमाको प्रायोग गरेका थिए । यसको मद्दतले उनीहरुले डल्फिनको मस्तिष्कमा भइरहेका क्रियाकलापहरुलाई अध्ययन गरे । अध्ययनपछि उनीहरुले डल्फिन तथा ह्वेल पनि हामी जस्तै सुत्ने गरेको तर उनीहरुको सुताइको प्रक्रिया हाम्रो भन्दा अलि भिन्न हुने पत्ता लगाए । उनीहरुले डल्फिन सुत्दा तिनीहरुको मस्तिष्कको पूरै भाग नसुतेर आधा आधा भाग मात्र सुत्ने गरेको र त्यसक्रममा उनीहरुको मस्तिष्कको आधा भाग भने पुरै निष्क्रिय हुने कुरा पत्ता लाग्यो । यसरी सुत्दा पनि एकपटकमा तिनीहरुको मस्तिष्कको एक भागमात्र सुत्ने हुनाले तिनीहरु कहिले पनि पूर्णरुपमा निदाउँदैनन् । यसरी उनीहरुको मस्तिष्कले आफूलाई चाहिने आराम पनि पालैपालो पाउने गर्छ ।
वैज्ञानिकहरुले पत्ता लगाएअनुसार, ह्वेल र डल्फिनको दुई पटकको सास फेर्ने अवधिका बीचमा धेरै समयको भिन्नता हुन्छ । यस समयको बीचमा तिनीहरु केही बेर सुत्न पनि सक्छन् । यो प्रक्रिया प्रत्येक दिन ८ घण्टा हुने गरेको कुरा पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
त्यसरी सुतेको अवस्थामा डल्फिनलाई कस्तो अनुभव हुन्छ भन्न सकिँदैन, अनुमान मात्र गर्न सकिन्छ । सायद यस्तो अवस्था भनेको हामी अर्धनिद्रामा भएको अवस्था जस्तो हुन्छ होला । हामी अर्धनिद्राको अवस्थामा छँदा हल्का निदाइसकेको त हुन्छौँ तर पनि हाम्रो वरिपरि के भइरहेको छ भन्ने अलिअलि थाहा हुन्छ । सायद यस्तो नै हुन्छ होला तिनीहरु निदाउँदा पनि ।
अर्को प्रश्न उठ्छ– तिनीहरु कहाँ सुत्छन् त ? तिनीहरु जहाँपायो त्यहीँ सुत्ने गर्छन् । तर प्रायः तिनीहरु समुद्रको सतहको छेउमा सुत्ने गर्छन् । यसले तिनीहरुलाई श्वासप्रश्वास गर्न सजिलो हुन्छ । यदि तपाईंहरुले व्हेल वा डल्फिनलाई समुद्र सतहको छेउमा बिस्तारै पौडी रहेको देख्नुभयो भने तपाईं तिनीहरु सुतिरहेको अनुमान लगाउन सक्नुहुन्छ ।
आफ्नो शारीरको रङ्ग बदल्ने प्राणी : क्यामेलियोन
क्यामेलियोन– यो नाम जीवविज्ञानमा रुचि राख्नेहरुका लागि नयाँ नाम होइन । क्यामेलियोन हाम्रै वरपर पाइने जीव छेपारोको एक प्रजाति हो । वास्तवमा यो जीव निकै नै अनौठो हुन्छ । सबैभन्दा रमाइलो कुरा के छ भने यसले आफू छेउको वातावरणअनुसार आफ्नो शरीरको रङ्ग परिवर्तन गर्न सक्छ । यसरी रंग बदल्ने खुबीको कारणले यसलाई आफ्नै आँखा अगाडि भएपनि सजिलै देख्न वा ठम्याउन सकिदैन । यसले रंग बदल्न सक्ने यो विशेषताको प्रयोग आफ्नो शत्रुहरुबाट बच्नका लागि प्रयोग गर्छ ।
क्यामेलियोन अन्य छेपारोहरुको तुलनामा निकै नै अल्छे हुन्छ । यसले धेरै समय सुतेर नै बिताउने गर्छ । यो विशेष गरेर रुखको हाँगाहरुमा सुत्ने गर्छ । सुतेको बेला हाँगाबाट नझरोस् भनेर यसले रुखको हाँगालाई हात र पुच्छरको मद्दतले दह्रोसँग समात्ने गर्छ । आफू अल्छे भएपनि यसको आहाराहरु भने निकै फूर्तिला हुन्छन् । जसमा विशेष गरेर झिँगा र अन्य स–साना किराहरु पर्छन् । यस्ता जीवहरुलाई पक्रन यसले आफ्नो निकै नै लामो जिब्रोको प्रयोग गर्छ ।
क्यामेलियोनको अर्को एउटा विशेषता पनि हुन्छ । यसले आफ्नो दुईवटा आँखालाई दुईवटा भिन्न–भिन्न दिशामा फर्काउन सक्छ । जसले गर्दा यसले एकै पटकमा दुईवटा दिशाहरुमा हेर्न सक्छ । यदि यसलाई कुनै आहारा पक्रन प¥यो भने सबैभन्दा पहिले यसले आफ्नो दुईवटै आँखालाई बेग्लाबेग्लै दिशाहरुमा घुमाएर आहारा खोज्ने गर्छ । आफ्नो आहरा भेटेपछि यसले आफ्नो एउटा आँखालाई आहारा भएको ठाउँमा केन्द्रित गर्छ । त्यसपछि विस्तारै अर्को आँखालाई पनि त्यही ठाउँमा केन्द्रित गर्छ । यसरी यसले आहारालाई आफ्नो निसानामा राख्ने गर्छ ।
शिकार देखेपछि क्यामेलियोनको मस्तिष्कबाट विशेष प्रकारको तरङ्ग पैदा हुन्छ । जसले गर्दा यसको जिब्रोको तल्लो भागमा रगतको बहाव बढ्न पुग्छ । यसो हुने बित्तिकै सामान्य अवस्थामा रहेको यसको जीब्रो तन्केर लामो हुन्छ । यसको जीब्रोको टुप्पो पनि दुई भागमा बाँडिन्छ । यसको जीब्रोमा रहेको थुक निकै नै गाढा र टाँसिने खालको हुन्छ । त्यहाँ किराहरु सजिलै टाँसिने गर्छन् । एकदमै सटिक निसानाको साथ यसले आफ्नो जीब्रो आहारा भएको ठाउँसम्म पु¥याउँछ र एक सेकेन्डभित्रैमा त्यो फेरि यसको मुखमा फर्काउँछ । यसरी जीब्रोमा भएको थुकमा टाँसिएर आहारा पनि यसको मुखमा पस्ने गर्छ ।
शिकार पक्रेर मुखभित्र फर्केपछि तन्किएको जिब्रो सामान्य अवस्थामा आउन थाल्छ । जिब्रोको लम्बाई सामान्य भएपछि त्यसले आफ्नो आहारालाई खाने गर्छ । यसरी कुनै हलचलबिना नै यसले आफ्नो आहारा पक्रने गर्छ । यसरी खाना पक्रन यसको लामो जिब्रोले निकै ठूलो भूमिका खेलेको हुन्छ । ratopati
प्रतिक्रिया