कावासोती, १२ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ । रासस
प्रतिक्रिया