मोवाइलमा डिलिट भएको एसएमए फेरि हेर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७२, बिहीबार ०७:०५
140109120317_sms_624x351_bbcआफूलाई काम लाग्ने एसएमएस गल्तीले डिलिट भएर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता गर्न पर्दैन । एन्ड्रोइड स्मार्टफोनमा डिलिट भएको एसएमएस फेरि हेर्न सकिने भएको छ । डिलिट भएको एसएमएस सतप्रतिशत हेर्न सकिने निश्चित नभएपनि त्यसका लागि प्रयास भने गर्न सकिन्छ र प्रायः गरी सफलता पनि मिल्ने गरेको छ ।
कम्प्युटरमा कुनै फाइल डिलिट भएरमा रिसाइकलविनमा गएर बसे जस्तै एन्ड्रोइड स्मार्टफोनमा पनि डिलिट भएको एसएमएस तथा अरु सामग्री डिलिट भएपनि फोनमा रहने गर्दछ । डेटा रिकभरी सफ्टवेयर प्रयोग गरेर डिलिट भएको एसएमएस फेरि प्राप्त गर्न सकिन्छ । यो सफ्टवेयरले मोबाइलको स्क्यान गरेर डिलिट भएको सामग्री खोज्ने गर्दछ । यसका लागि एन्ड्रोइड डेटा रिकभरी, डाक्टर फोन, फोन पा जनास्ता एप प्रयोग गर्न सकिन्छ ।
यस्तै मोबाइल सेवा प्रदायक कम्पनीबाट पनि तपाईंले आफ्नो एसएमएस फिर्ता लिन सक्नुहुन्छ । किनकी सबै मोबाइल सेवा प्रदायक कम्पनीले आफ्ना सबै प्रयोगकर्ताको एसएमएस स्टोर गरेका हुन्छन् । यदी तपाईंको एसएमएस गल्तीबस डिलिट भयो र त्यो तपाईंलाई अति नै आवश्यक छ भने मोबाइल सेवा प्रदायक कम्पनीसँग त्यो एसएमएस माग्न सक्नुहुन्छ ।
तर त्यसका लागि तपाईंले डिलिट भएको एसएमएस आफूलाई आवश्यक भएको प्रमाणित गर्नु पर्ने हुन्छ । तर तपाईंको एसएमएस प्रहरी वा अरु कुनै कानूनी संस्थाले मागेमा भने मोबाइल सेवा प्रदायक कम्पनीले सजिलै दिने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१