चिसोमा छालाको स्याहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७२, बिहीबार ०६:५५

skin-300x226मौसममा हुने परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। जाडो मौसमको चिसो हावामा नमीको कमी हुने भएकाले छाला सुख्खा हुन्छ। घरमा बढी समय बिताउँदा, घरभित्रको वातावरणले छालाको प्राकृतिक नरमपन सोसेर छालालाई सुख्खा बनाउँछ। यद्यपि जाडोमा पनि स्वास्थ्य छाला प्राप्त गर्न सकिन्छ।

साबुनको प्रयोगबाट जोगिनुपर्छ

साबुनमा भएको रसायनले मुहारमा लागेको धुलो तथा माटोका कणलाई हटाउनुका साथै मुहारको नरमपन पनि रित्याउँछ। छालालाई प्राकृतिक रूपमै एउटा सुरक्षात्मक तेलको आवश्यकता हुन्छ। जाडोमा मुहारमा साबुन प्रयोग गर्नु भनेको मुहारको छालाको प्राकृतिक नरमपन रित्याउनु हो। यतिबेला साबुनको साटो नरम खालको क्लीजिङ लोसन वा क्लीजिङ क्रिमको प्रयोग उपयुक्त हुन्छ। नुहाएपछि छालाको पोषणका लागि मोइश्चराइजर प्रयोग गर्नुपर्छ।

मृत कोषिका हटाउनुपर्छ

छालाको मृत कोषिकाहरूको माथिल्लो तह हटाउन अत्यन्त आवश्यक छ। जब हाम्रो छाला सुख्खा हुन्छ, तब हामी क्रिम लगाएर त्यसलाई सन्तुलित गर्छौं। सुख्खा छालाको अर्थ हुन्छ शरीरमा सुख्खा कोषिकाहरू बन्न थालेका छन्। त्यसैले सातामा एक पटक शरीरको यो माथिल्लो तहलाई उतार्नु आवश्यक छ। त्यसपश्चात् मोइश्चराइजर प्रयोग गर्नुपर्छ।

मोइस्चराइजर

जाडो याममा छालाको हेरचाह गर्न मुहारमा मोइश्चराइजरलाई राम्रोसँग प्रयोग गर्नुपर्छ। जाडो मौसममा प्रयोग गरिने मोइश्चराइजर गर्मीमा प्रयोग गरिनेभन्दा बढी प्रभावकारी हुनुपर्छ। क्लिजिङ क्रिमले छाला सफा गरेपश्चात् नमी प्रदान गर्न घरमै बनेको प्याक प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसका लागि एक ठूलो चम्चा बदामको तेल  प्रयोग गर्न सकिन्छ। यसको प्रयोग दैनिक रूपमा राति सुत्नुभन्दा अघि मुहार, घाटी र हातमा गर्नुपर्छ। यसबाट जाडोमा छालालाई कान्तिमय र कोमल राख्न सहयोग प्राप्त हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१