नबनिर्बाचित राष्ट्रपति महामहिम बिद्या भण्डारी लाई नेपाल परिवार दलको बधाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १९:४४

12182024_906711592717694_2090979651_n काठमाडौं, ११ कात्तिक । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो रास्ट्रपतिमा निर्बाचित हुनु भयकोमा नेपाल परिवार दल महामहिम बिद्या भण्डारी ज्यूमा हार्दिक बधाई तथा उहाँको कार्यकाल पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछ । आफ्नो घोषणा पत्रमा नै महिला तथा युवालाई राष्ट्रको प्रमुख पदहरुमा स्थापित गर्ने नीति अपनायको पार्टी नेपाल परिवार दल महिला राष्ट्रपति पाउँदा खुशी त अबस्यनै हुने भयो । महामहिम बिद्या भण्डारी रास्ट्रपतिमा निर्बाचित हुनु उहाले राष्ट्रप्रति गर्नु भयको योगदानको पुरस्कार, सम्पूर्ण नेपाली नारीको जित र उहाको पति जननेता स्वर्गीय मदन भण्डारीको योगदानको पनि उच्च कदर हो । नयाँ संबिधान जारी भईसकेपछि नेपालको इतिहासमानै पहिलो पटक महिला सभामुख तथा रास्ट्रपति हुनु आफैमा समानुपातिक समाबेशी लोकतन्त्रको सार्थक अभ्यास हो । बहु-साँस्कृतिक मुलुक नेपालमा स्थायित्व र सन्तुलनको लागि सबै जातजाति, भाषाभाषी तथा धर्म संस्कृतिलाइ बिना भेदभाब समान अवसर र अधिकार आबस्यक हुन्छ । रास्ट्रपति मुलुकको सर्बोच्च पद भयकोले यसको गरिमा सदा उच्च राख्दै सबल रास्त्रियता, सामाजिक सदभाब, मेलमिलाप, निस्पक्ष अभिभाबकत्व, देशभक्ति साथै हिमाल पहाड र तराई मधेशका सम्पूर्ण नेपालीको राष्ट्रिय एकता मजबुत बनाउन महामहिम विद्या भण्डारीज्यूको महत्वपुर्ण भूमिका रहोस भन्ने आशा ब्यक्त गर्दछौ ।

प्रतिक्रिया