इतिहासकै ११ दर्दनाक तस्विर, तस्विर खिचेपछि फोटोग्राफरले गरे आत्महत्या (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १४:२४

एउटा तस्विर हजार शब्द बराबर हुन्छ, तस्विर निकै शक्तिशाली हुन्छ, हजार शब्दमा बयान गरिएका कुरा बुझाउन एउटै तस्विर पर्याप्त हुन्छ। त्यसै त तस्विर शक्तिशाली हुन्छ ।

ashimतस्विरहरु मानविय भावनासंग चाँडो जोडिन्छन्। तस्विर रमाइला भए हामी फुरुङग हुन्छौ भने त्यही तस्विरमा पिडा पोखिए हामि छिन भरमै दुःखित पनि बन्छौ ।

2नेपाली हेडलाइन्सले केही यस्ता इतिहाँस बोकेका तस्विरहरु लिएर आएको छ जसले भोकमरि, युद्ध र इतिहासका दर्दनाक पलहरुलाई समेटको छ। ती तस्विहरुले संसार हल्लाएका थिए र पल भरमै करोडौ मानिसको ध्यान खिचेका थिए।
3यो तस्विरलाई अवार्ड प्राप्त भएको थियो, अवार्ड हासिल गरे लगतै फोटो ग्राफर केविन कार्टरे आत्महत्या गरेका थिए । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने पर्खाइमा रहेको गिद्धको तस्विर देखपछि आँशु रोक्न गाह्रो छ। तस्विरले संसारभरि ठुलो बहस उत्पन्न गराएको थियो भने पश्चिमा देशहरुमा जबरजस्त तरंग उत्पन्न गराएको थियो।
4सन १९३० मा इंडियानको मरियनामा खिचिएको तस्विर दर्दनाक छ। दुइ काला जातीका युवक थोमस शिप र अब्राम स्मिथलाई सार्वजनिक स्थलमा १० हजार मानिसका अगाडी खुलेआम फाँसीमा चढाइएको थियो । उनिहरुमाथि स्थानिय गोरा युवतीलाइ बलात्कार गरेको आरोप थियो । पछि उक्त आरोप झुटो निक्लियो।
5आत्मदाह सन १९६३ मा भियतनाममा अमेरिकी युद्धको विरोधमा एक बौद्ध भिक्षुले आत्मदाह गरेका थिए। भिक्षुले पलेटी कसेर आफैलाई आगो लगाए,केही छिन कराए,चिच्चाए र कत्ति पनि हलचल गरेनन् र मृत्युमा समाहित भए। यो तस्विरले एकपटक संसार हल्लाएको थियो।

6सन १९९९ मा चिकित्सकहरुले स्पाइना बिफिडाको सफल शल्यक्रिया गरेका थिए। यो एककिसिमको डिसअर्डर हो, जसमा बच्चाको स्पाइनल कर्ड पुर्णरुपमा बनेको हुँदैन्।बच्चाले जन्मने बितिकै डाक्टरको औलामा समातेको थियो ।

सन २००३ मा इराक युद्धमा खिचिरएको एक तस्विर जहाँ एक कैदी आफ्नो ४ वर्षिय बच्चालाई खेलाई रहेको छ। तर उनको अनुहार ढाकिएको छ भने हातमा हथकडि छ।

भोपाल ग्याँस काण्ड सन १९८४ मा खिचिएको तस्विरमा एक बच्चालाइ गाँडिदैछ।ग्याँसको कारणले बच्चको आँखा बाहिर निक्लिएको थियो । उक्त ग्यास काण्डमा २२५९ जनाको ज्यान गएको थियो भने ५ लाख मानिस प्रभावित बनेका थिए।
7अमेरिकाको नर्थ क्यालोरिनाका ह्यारि होर्डिङ हाइ स्कुलमा डोरोथी काउन्ट पहिलो महिला विद्यार्थी थिइन्। स्कुलको पहिलो दिनमै उनिमाथी अभद्र व्यवहार भएको थियो।तस्विरमा उनिमाथी अभद्र व्यवहार भएको प्रष्टै देखिन्छ। तस्विर सन १९५७ को हो । उनलाई उनका अभिभावकले पहिलो दिनमै स्कुलबाट निकालेर लगेका थिए ।

सन १९८३ मा टर्कीमा आएको ठुलो भुकम्पमा एक आमाले आफ्ना पाँचै बच्चा गुमाएकी थिइन। मातृ पिडाको अदभुत दृश्य ।
8भियतनाम अमेरिकी युद्धको समयमा भियतनाम सैनिकले गल्तिवश आफ्नै सैनिक र वस्तीमा खसाएपछिको दृश्य । सन १९७२ को दृश्यमा नेपाप बम खसालिएको थियो।

9सन १९८५ मा कोलंबियामा भएको ज्वालामुखि विष्फोटमा २५ हजार मानिस मारिएका थिए। ज्वालमुखिबाट निक्लिएको लाभाले पुरै शहर डुबेको थियो। १३ वर्षकी आमयरा सांजेच पनि त्यसै डुबेकी थिइन्। यो तस्विर फोटोग्राफर फ्रेंक फर्नियरले खिचेका थिए ।यो तस्विरलाइ सन १९८५ को वर्ल्ड प्रेस फोटो अफ द इयरको पुरस्कार दिइएको थियो । तस्विर रहेकी बालिक आमयराको भने मृत्यु भएको थियो।
10सन १९७५ मा खिचिएको तस्विरमा घरमा आगो लागेपछि आमा छोरा झ्यालबाट हामफालेका थिए।आमाको मृत्यु भएको थियो भने बच्चाको आमाको मृत शरिरमा परेर बाँचेको थियो। आमाले आफू मरेर पनि छोरालाइ बचाएकी थिइन्।11

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१