एक्स्प्लोर हिमालयले नुवाकोट र रसुवामा आँखा शिविर आयोजना गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १२:३०

11021061_10204821259426162_8012550512976758172_n (2)काठमाडौँ ,११ कात्तिक।   कात्तिक २३ गतेदेखि एक साता एक्स्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरको आयोजनामा नुवाकोटमा निःशूल्क आँखा शिविर आयोजना गर्ने भएको छ ।  कात्तिक २३ देखि ३० गतेसम्म दक्ष आँखा विशेषज्ञ डाक्टरहरुको टोलीले नुवाकोट जिल्लाका तारुकाघाट, खरानीटार, नुवाकोट तथा रसुवाको कालिकास्थानलगायतका ठाउँहरुमा आँखा शिविर आयोजना गर्न लागेको शिविर संयोजक सरोज बानियाँले जानकारी दिनुभयो ।    शिविरमा आँखाको समस्याको प्रकृतिअनुसार अत्याधुनिक प्रविधिबाट जाँच गरिनेछ । उक्त शिविरमा साधारणदेखि जटिल प्रकृतिका आँखा सम्बन्धि विभिन्न समस्याहरुको उपचार गरिनेछ । उक्त आँखा शिविरमा निः शूल्क चस्मासमेत वितरण गरिने छ ।  आयोजक संस्थाका प्रवन्ध निर्देशक सुमन पाण्डेले ग्रामिण क्षेत्रमा आँखासम्बन्धी विभिन्न समस्या देखिने गरेका कारण सोको न्यूनिकरणका लागि यस्तो शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो ।  डेनमार्कबाट आउने आठ जना आँखा विशेषज्ञ डाक्टरहरुको टोलीले विभिन्न शिविरहरुमा सम्बन्धित क्षेत्रका मानिसहरुको आँखा जाँच गर्ने पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया