फेसबुकले नयाँ एप ल्याउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:२५

facebooklogo-650x250एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको छ । फेसबुकले ट्वीटरका प्रयोगकर्तालाई पनि लोभ्याउने उद्देश्यले सबै समाचार तत्कालै हेर्न मिल्ने न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको हो ।

नोटिफाइ नाम दिइएको एप निमार्णको चरणमा रहेको फेसबुकले जनाएको छ । यो एपमा विभिन्न समाचारहरु हुनुका साथै आफूलाई मनपर्ने समाचार संस्थाले दिने समाचारका मुख्य शीर्ष नोटिफिकेशनको रुपमा आउने छन् । एम निर्माणको चरणमा रहेकाले कहिले सार्वजनिक हुन्छ भन्ने यकिन मिति भने खुलाइएको छैन ।

फेसबुकले ल्याउन लागेको न्युज नोटिफिकेशन एप नोटिफाइनले विशेष समाचार संस्था तथा प्रकाशकका समाचारको मुख्य शिर्षक नोटिफिकेनमा आउने बिजनेस इनसाइडरले जनाएको छ । यस्तो नोटिफिकेशन एक सय शब्दको हुने जनाइएको छ । अहिले यो एपको परीषक्ष भैरहेको र यो महिनाको अन्त्य सम्ममा सर्वाजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१