विद्यालयले इन्धन नपाए पढाउन नसक्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:२१

Bidhyalaya-433x240काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले पढाइ सुचारु राख्न सरकारसित इन्धन माग गरेका छन्। इन्धन अभावले विद्यालय बन्द हुने अवस्थामा रहेको पनि उनीहरूले जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ९प्याब्सन०, नेसनल प्याब्सन र उच्च माध्यमिक विद्यालय संघ हिसानले संयुक्त विज्ञप्ति जारी गर्दै माग राखेका हुन्।

‘इन्धन अभावले शैक्षिक संस्था सञ्चालनमा समेत चरम समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निकै सकसपूर्ण सञ्चालनमा रहेका शैक्षिक संस्था अबउप्रान्त ग्यास तथा अन्य इन्धन अभावका कारण सञ्चालन हुन नसक्ने भएकाले नेपाल सरकार शिक्षा मन्त्रालयमार्फत सम्बन्धित निकायलाई शिक्षालयहरू सञ्चालनका लागि अत्यावश्यकीय ग्यास र इन्धन तत्काल व्यवस्था गरिदिन आग्रह गर्दछौं।’

नेसनल प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी र हिसानका अध्यक्ष तथा सांसद उमेश श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। सरकारबाट उपलब्ध हुन नसकेमा तिहारअघि विद्यालयहरू सञ्चालनमा आउन नसक्ने जनाइएको छ। ‘उपत्यका बाहिरका विद्यालयको हकमा स्थानीय अवस्थाको मूल्यांकन गरी निर्णय गर्न पनि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, बन्द लगायतका कार्यक्रम गरिरहेका राजनीतिक दल तथा समूहलाई शिक्षालय सञ्चालनको वातावरण तयार गरी सहयोग गरिदिन पनि अनुरोध गर्दछौं।’
कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१