को हुन् विद्या भण्डारी ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार १८:३८

काठमाडौं,९ कातिक । स्थायी समितिको बैठकले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेसँगै एमालेले उनको विजयलाई सुनिश्चित गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एवम् स्वतन्त्र सांसदहरूलाई सहयोग र समर्थनका लागि अनुरोध गरेको छ ।bidhya-bhandari1

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव तथा बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समर्थनमा स्थायी कमिटीले सर्वसम्मतरुपमा भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
को हुन् विद्या ?
वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भण्डारीको जन्म भएको हो ।
बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् ।
२०३–३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा (माले)मा सङ्गठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् ।
२०३९ सालमा जननेता कमरेड मदन भण्डारीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी भण्डारी २०५० माघमा भएको उपनिर्वाचनमा काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतकासाथ विजयी बनेकी थिइन् । २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– २ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेलेकी थिइन् ।
उनी पुनःस्थापित प्रतिनिधिसभामा राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने सङ्कल्प प्रस्तावका प्रस्तावक थिइन् । रक्षा मन्त्रालय जस्तो चुनौतीपूर्ण जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने पहिलो महिला मन्त्रीका रूपमा स्थापित उनीसँग वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकोसमेत अनुभव छ । २०५४ सालदेखि अखिल नेपाल महिला सङ्घको अध्यक्षका रूपमा नेपाली महिला आन्दोलनको अगुवाइ गर्दै आएकी उनीसँग टे«ड युनियन आन्दोलनको समेत अनुभव छ । २०५४ सालमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौं र नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष ओहदामा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया