अनौठा ग्याजेट यस्ता छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार ०७:००
हामीले निकै साधारण सोँचिएका तथा नजरअन्दाज समेत गरिने कामहरुलाई समेत सहज बनाउनका लागि विभिन्न ग्याजेट बनाइएका छन् । यस्तै अनौठा ग्याजेटहरु यस्ता छन् :

Tag-GPS-plus
ट्याग जिपिएस प्लस :

घरपालुवा जनावर खासगरी कुकुर बिरालोलाई ट्रयाक गर्नका लागि यो ट्याग जिपिएस प्लस निकै उपयोगी हुन्छ ।

यसमा थर्मोमिटर पनि जडान गरिएको हुन्छ जसले घरको कुकुर बिरालोको सरीरको तापक्रम पत्ता लगाउनेछ । यो जिपिएस ट्याग लगाएमा मूल्यवान कुकुर हराउने जोखिम कम हुन्छ र हराएमा पनि कहाँ पुगेको छ भनेर खोज्न सकिन्छ । यसको मूल्य ८५ पाउण्ड पर्ने र यो वर्षको अन्त्यसम्ममा बजारमा आउने बताइएको छ ।

Logbar-Ring

लगबार इंक औँठी

यदि तपाइँको मोबाइलमा म्यासेज आउँदा तपाइँको औँठी भाइब्रेट गर्छ वा औँठीले रिमोट कन्ट्रोलको रुपमा काम गर्छ ।

जब तपाइँले औँला हल्लाएर नै टेलिभिजनको च्यानल चेन्ज गर्न सक्नुभयो भने कस्तो लाग्ला ? हो अब यो काल्पनिक कुरा यथार्थ बन्दैछ । लगबार इंक कम्पनीले यस्तो ब्लुटुथवाला औँठी बनाएको छ जुन अरु जो सुकै ब्लुटुथवाला ग्याजेटसँग कनेक्ट हुनसक्छ । ८५ पाउण्ड मूल्यवाला यो औँठी रिमोठ छिटै बजारमा आउने बताइएको छ।

Sony-light

सोनी लाइट डिभाइस स्पिकर

सोनी लाइट डिभाइस स्पिकरले आवाजका साथसाथै प्रकाश पनि पैदा गर्छ । स्मार्टफोनबाट पनि नियन्त्रण गर्न सकिने यो डिभाइसलाई तपाइँ आफ्नो कोठाको सिलिंगमा लगाउन सक्नुहुन्छ वा टेबुलमा डेकोरेटिभ ल्याम्पको रुपमा पनि सजाउन सक्नुहुन्छ । अनि एक पन्थ दुइ काज भनेझैँ यसबाट गित संगीत सुन्ने र बत्ती बाल्ने दुबै गर्न सक्नुहुन्छ ।

Tween-Wash

ट्वीन वास

तपाइँलाई यदि कपडा धुने समयमा समस्या हुन्छ, सादा र रंगीन कपडा भिन्नाभिन्नै धुने झण्झट छ भने यसका लागि एउटा समाधानको उपाय आएको छ । एउटा यस्तो वासिंग मेसिन आउँदैछ जसमा एकै समयमै तपाइँले अनेक रंगका कपडा धुन सक्नुहुन्छ ।

एलजीका टि्वन वास वासिंग मेसिन देख्दा सामान्य भएपनि यसभित्र सादा र रंगीन कपडालाई छुट्टाछुट्दै सफा गर्नेगरी छुट्टाइएको हुन्छ ।
BMWI-3
बिएमडब्लु आइ थ्री

छिटै बिएमडब्लु आइ थ्री सेल्फ पार्किंग कार आउँदैछ जुन आफै पार्क हुन्छ । कारलाई पार्किंग एरियाको बाहिरै छाडेर आफ्नो बाटो लागे हुन्छ यो आफै पार्किंगमा गएर पार्क हुन्छ । लेजर स्क्यानर प्रविधिको सहायताले यो कार आफ्नो पार्किंगको सही ठाउँमा गएर अडिन्छ । यो कार निर्माण भएर संचालनमा आउन केही समय लाग्ने बताइएको छ ।
Walkman

आइकोनिक वाकम्यान एनडब्लु जेडएक्स टू

कुनै जमानामा बजारमा आफ्नो रवाफ कायम राख्न सफल आफ्नो वाकमेनलाई सोनी कम्पनीले पुनः ल्याएको छ । यसमा हाइ डेफिनेसन अडियो प्लेयर छ भने एकसाथ १० हजार गित स्टोर गर्न सकिन्छ । यसले हाइ रिजोलुसन अडियो मोबाइल भन्दा धेरै गुणा राम्रो आवाज पैदा गर्छ । यसको स्टोरेज क्षमता १२८ जिबी तथा ब्याट्री ब्याकअप ६० घण्टा हुन्छ ।

Aasus-Jen-Phone

एसस जेनफोन टू

एन्ड्रोइड फाइभ ललिपप ओएस मा चल्ने एसस जेनफोन टू मोबाइल फोर जिबी र्याम भएको विश्वको पहिलो स्मार्टफोन हो । यसमा ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । साथै ६४ बिट इन्टेल २.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा लगायतका फिचर्स रहेका छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१