यौन क्रियकलापबारे खुलेर सार्वजनिक कुरा गर्नुलाई हिन्दूहरू निको ठान्दैनन् । अझ नेपाली समाज त यौनका सम्बन्धमा निक्कै साँघुरो छ । यद्यपि पछिल्ला केही वर्षयता यौनबारे नेपाली घर÷समाज फराक बन्ने प्रयास गर्दैछन् ।
एउटै घरभित्र महिला र पुरुषको यौन समस्याबारे एकअर्कालाई भन्न हिचकिचाउने, सञ्चारमाध्यममा प्रसारण÷प्रकासन हुने यौनसम्बन्धि सामाग्रीबारे घरमा कुरै नगर्ने परिस्थिति अहिले केही फेरिएको छ ।
त्यसो त यौनबारे नेपाली समाज अझै खुल्न नसके पनि नेपाली धर्म तथा अन्य थुप्रै पूर्वीया दर्शन यौनबारे उहिल्यै खुला रहेको जिवित चित्र छन् ।
पुराना मन्दिरहरूका टुडाल र ढोकाका खापामा कुँदिएका यौनजन्य कलाकृति, वात्सायनको कामसूत्र र कोकशास्त्रको यौन साहित्यमात्रै होइन हिन्दू र बुद्ध धर्मसँग सम्बन्धित कैयौं घटना यौन क्रियाकलापसँग जोडिएका छन् भने वेदमासमेत यौनको स्पष्ट व्याख्या गरिएको पाइन्छ ।
अब मूल प्रश्न यो हो कि यो देशमा यौनसँग सम्बन्धित अथाह कलाकृति अटाउने एउटा विशेष संग्रहालय अर्थात् म्युजियम बनाउन किन नसक्ने ? जबकी विश्वका कैयौं मुलुकले ‘सेक्स म्युजियम’ स्थापना गरेर पर्यटन प्रबद्र्धन गरेका उदाहरण छन् ।
विश्वका चर्चित ‘सेक्स म्युजियम’ !
१. आम्सटर्डम सेक्स म्युजियम /नेदरल्यान्ड
आम्सटर्डम म्युजियम सन् १९८५ मा खुलेको हो ।
नेदरल्याण्डको आम्सटर्डम सहरस्थित दमार्क रोडमा रहेको म्युजियममा यौनजन्य कलाकृतिहरू राखिएका छन् ।
२. द म्युजियम अफ इरोटिसिज्म /फ्रान्स
इरोटिसिज्म म्युजियम सन् १९९७ बाट सञ्चालनमा आएको हो ।
यो म्युजियम पेरिस सहरमा छ ।
३. एडल्ट थम पार्क /दक्षिण कोरिया
दक्षिण कोरियाको सेक्स थम पार्क सन् २००४ मा खुलेको हो ।
जेजु लभ ल्याण्डको नामलेसमेत चिनिने पार्क जेजु आइल्याण्डमा रहेको छ ।
४. म्युजियम अफ सेक्स एण्ड इरोटिक आर्ट /रसिया
रसियाको सेक्स एण्ड इरोटिक आर्ट म्युजियममा एडल्टहरूले मात्रै प्रवेश पाउँछन् । मस्को सहरको केन्द्र भागमा रहेको यो म्युजियममा यौनक्रियाका निक्कै कलात्मकता देखिन्छ ।
५. आन्सिएन्ट सेक्स म्युजियम /चीन
यो म्युजियममा यौनसँग सम्बन्धित तीन हजार सात सय कलाकृति छन् । २० वटा त पाँच÷छ हजार वर्ष पुराना भएको मान्छि । प्राचीन बादशाहहरूले आफ्ना रानीहरूको यौनसम्बन्ध आफूसँगमात्रै रहोस् भनेर उनीहरूको योनीमा ताल्चा लगाइदिने गरेको इतिहाससमेत चीनको आन्सिएन्ट सेक्स म्युजियममा समेटिएको छ । तामाको पेन्टीजस्तो साधन योनीमा राखेर ताला लगाइदिने र आफूलाई चाहिंदामात्रै खोल्ने गरेको कथालाई पुष्टी गर्ने खालका पेन्टी अहिले पनि म्युजियममा राखिएका छन् ।
‘सेक्स म्युजियम’को इतिहास खोतल्दा सबैभन्दा पहिले सन् १९७० मा सानफ्रान्सिस्कोमा सञ्चालनमा आएको भेटिन्छ । यौन डमी, यौनसम्बन्धी गतिविधि र बिभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई समेटेर उतिखेर तहल्का पिटेको भनिने त्यो संग्रहालय अहिले बन्द छ । त्यसैगरी सन् २००२ मा न्युयोर्क र सन् २००४ मा लसएन्जल्समा सेक्स म्युजियम सञ्चालनमा आए ।
मियामी बीचमा सन् २००५ मा द वल्र्ड इरोटिक आर्ट संग्रहालय र सन् २००८ मा लसभेगासमा इरोटिक हेरिटेज संग्रहालय स्थापना भए । बर्लिन, कोपनहेगन, बार्सिलोना, इटली, लन्डन, मुम्बइलगायत विश्वका धेरै ठूला शहरहरूमा सेक्स म्युजियम सञ्चालनमा आइसकेका छन् ।
नेपाल अचम्ममात्रै मानिरहने !
‘सेक्स म्युजियम’ स्थापनाका लागि नेपालमा धेरै महत्वपूर्ण यौन कलाकर्म छन् । काठमाडौं उपत्यकाका हरेकजसो मन्दिर पुगेर आँखालाई केही माथि घुमाउँदा टुडालभरी यौन र यौनसँग सम्बन्धित चित्र देखिन्छन् । यस्ता कलात्मक चित्र कैयौं कलाकारको घरभित्रै बन्देज होलान् । यदि नेपालमा एउटा सेक्स म्युजियम हुने हो भने त्यहाँ धेरै यौन सामाग्री जम्मा हुन सक्छन् । नेपालका यौन कलाकर्मको धार्मिक र ऐतिहासिक महत्वसमेत रहेकाले विश्व नजरकै लागि चासो बन्नसक्छ, म्युजियम ।
>
मन्दिरहरूमा यौनजन्य कला किन ?
टुडाल पुस्तकमा कृष्ण धारावासीले लेखेका छन् :
– धेरै वर्ष पहिलेका राजा शिवदेव भन्नेले प्रत्येक वर्ष चैत १२ गतेका दिन वत्सलादेवीलाई मानिसको बलि चढाउने चलन ल्याएपछि चोट/खोट नलागेको एउटा हट्टाकट्टा युवकको हरेक वर्ष बलि दिन थालिएछ । बलि आतंकबाट बाँच्नका लागि मान्छेहरू जानाजान एकआपसमा ढुंगा हानाहान गरेर शरिरमा खोट पार्न थालेछन् । पछि बलि दिनका लागि देशैभर खोज्दा पनि खोटबिहिन युवक नभेटेपछि राजाले ‘खते’ बलिको प्रथा बसालेछन् । जसको शरीरमा धेरै खत छ त्यसैलाई बलि दिने परम्परा थालिएपछि ढंङगा हान्ने परम्परा बन्द भएछ । तर पुरुषहरू घर छोडेर भाग्न थालेछन्, हुँदाहुँदा बलि दिने युवकहरूको अभाव खड्किएछ । त्यसपछि, राज्यमा पुरुषको कमी पूर्ती गर्न बचेखुचेका बुढा र राजाका सेनाहरुले घरघरमा गएर महिलाहरुसँग अनेक आसनका साथ संभोग गर्न थालेछन् । परम्पराजस्तै बन्दै गएको त्यहि संभोगशैली बिस्तारै टुडालहरूमा देखिन थालेको भनिन्छ ।
– त्यस्तै, राजा गुण्ँकामदेवाका पालामा लडाईमा जानुअघि सेनाहरूले तोपलाई कन्या कुमारीको बलि दिन थालेछन् । एक अत्योनि कन्याको बलि दिएर उक्त तोपबाट लडिएको लडाईं जितिन्छ भन्ने एक तान्त्रिकको सल्लाहबाट शुरु भएको त्यो बलिप्रथाले कुमारी केटीहरुमा सारै ठुलो आतंक फैलिएछ । कुमारी रहनु, अत्योनी हुनु भनेको ज्यान जानुसरह भएपछि बलिमा पर्ने डरले सानै उमेरमा बिहे गरिदिने तथा कुमारी केटीहरुलाई यौनकार्यमा संलग्न गराउन थालिएछ । अभिभावकहरूले नै छोरीको कुमारीत्व च्युत गराउने वातावरण्ँ बनाइदिन थालेपछि औपचारिक रुपमै भित्रभित्रै देशैभरि यौनप्रथा बाक्लिएर गएछ । बिस्तारै अराजक हुँदै गएर विवाहित महिलाहरू समेत पुरुषसँग अनेकौं ‘यौनासनारुढ’ हुन थालेछन् ।
समाजमा फैलिएको त्यो नाङ्गोपनलाई कलाकारहरूले चित्र र मूर्तीहरुमा कप्न थालेछन् र बिस्तारै त्यसलाई सार्वजनिक मन्दिर र टुडालहरुमा सजाएछन् ।
मन्दिरहरूमा कुँदिएका यौनजन्य चित्रबारे चर्चामा आएका अन्य जनविश्वस पनि छन् :
– मन्दिरमा यौनजन्य संकेदसहितका कला राख्दा चट्याङ पर्दैन ।
– तत्कालिन समयमा बौद्ध र हिन्दू धर्म मान्नेहरूमा जीवनप्रति नै वितृष्णा आएपछि संसारिक जीवन त्यागेर भिक्षु÷जोगी बन्ने धेरै भएको र मानव सृष्टीको चक्र नै बथोलिने डरले यौन कृयाप्रति प्रोत्साहित गराउन मन्दिरहरूमा यौन कला कुँद्न लगाएको हो ।
– मन्दिर छिर्दा मानिसले नकारात्मक सोंच बाहिरै त्याएर जाउन भन्ने सन्देश दिन टुडालमा कामुक कला कुदिएको पनि भनिन्छ ।
– मल्लकालमा एकजना राजा एकाएक गायव भएछन् । राजा कतै नभेटिएपछि उनको अनुपस्थितिमा दरबारभित्र अनेक विकृतिहरू फैलिन थालेछन् । भारदार, सेना, दासदासी र रानीहरूबीच यौन सम्बन्ध बढ्न थालेछ । दरबारभित्र दिउँसै अनेकौं कामसूत्रीय आसनहरूमा यौनक्रिडा हुन थालेछ । दरबारभित्र नयाँ यौनासन सिकेका दासी र सेनाहरूले घरमा आफ्ना पतीपत्नीबीच फैलाउँदै लगेछन् । बिस्तारै यौनको नयाँ अभ्यास देशैभरी व्याप्त भएछ । देशै यौनकुञ्जजस्तो भएपछि समस्या समाधानका लागि दरबारभित्रै छलफल चलेछ । अब दबाएर र लुकाएर होइन अत्याधिक प्रदर्शन र प्रचार गरेर मानिसमा बितृष्णा फैलाउँदै समाधान खोज्ने निर्णय दरबारमा भएछ । काठमा, माटोमा, धातुमा जताततै यौनकर्मका आकृतिहरु सार्वजनिक गर्न दरबारबाट आदेश भएपछि मानिसहरूको बिशेष उपस्थिति हुने मन्दिरहरूमा यौन आकृति स्थापना गर्न थालिएको विश्वाससमेत छ ।
आखिर जसको जे जस्तो मत भएपनि यौन सम्बन्धि चित्रलाई तत्कालिन समाजले पनि स्वीकारेको बुझिन्छ । अहिले यौनबारे समाज खुल्दै गएपछि यस्ता चित्र झनै सामान्य बन्दैछन् । बरु यस्ता ऐतिहासिक कलाकृतिको संग्रहिकरण आवश्यक छ ।
‘सेक्स म्युजियम’ स्थापनाको पहल
संस्कृति मन्त्रालयका पूर्वसहसचिवसमेत रहेका संग्रहालयविद् जलकृष्ण श्रेष्ठले नेपालमा ‘सेक्स म्युजियम’ स्थापनाको तयारी गरिरहनु भएको छ । संग्रहालय विज्ञानमा स्नातकोत्तर गर्ने पहिलो नेपाली जलकृष्ण श्रेष्ठ टुडालका यौन कलालाई छाडा भन्ने गरिएपनि वास्तविकता फरक भएको तर्क गर्नुहुन्छ । यौन क्रियाकलाप सम्बन्धित टुडाल, शिवलिंग, अन्य यौनांगका चित्र यौनमृद्राका ८४ आसन, वात्सायनको कामसूत्रमा समेटिएको प्रयोगवादी यौनसाहित्य र कोकशास्त्रलगायतका यौन साहित्यसम्बन्धि पूर्वीय दर्शनमा समेटिएका बिभिन्न पाटो सेक्स म्युजियममा राख्ने योजना भएको श्रेष्ठले बताउनु भएको छ । देशभर छरिएका यौनसम्बन्धित कलाकर्मलाई म्युजियममा समेट्दै जाने बताउनुहुन्छ, श्रेष्ठ । यौनबारे सकारात्मक शिक्षा फैलाउने उदेश्य सेक्स म्युजियमको रहनेछ र म्युजियमका लागि ठमेल पहिलो रोजाईको स्थान पारिएको छ । मुख्य पर्यटकीय गन्तव्य भएकाले ठमेललाई छानिएको श्रेष्ठले बताउनु भएको छ । तर, प्रयासले सफलता पाउला÷नपाउला कुर्नै पर्नेछ । कुनै एक व्यक्तिले चालेको पहलमा राज्यले साथमात्रै दिए पनि नेपालमा सेक्स म्युजियम स्थापना गरेर पर्यटन प्रबद्र्धनमा बल थप्न सकिने देखिन्छ ।
स्रोत -tourismofnepal.com बाट
प्रतिक्रिया