नुवाकोट, ८ कात्तिक । नुवाकोटको चौघडामा एक पुरुषको शव हत्या भएको अवस्थामा फेला परेको छ ।
मदानपुर–२ का ४० वर्षीय प्रेमबहादुर तामाङ गएराति चौघडा–६ स्थित इन्दिरा राईको घर पछाडि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले गएराति १२ बजेतिर तामाङको हत्या भएको जानकारी दिए ।
हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धानका लागि ३६ वर्षीया इन्दिरा राई, उनका छोरा १८ वर्षीय उमेश राई र छिमेकी ३५ वर्षीया कोपिला राईलाई पक्राउ गरेको छ ।
टाउको फुटेको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक तामाङ के कामका लागि चौघडा पुगेका हुन् थाहा हुन सकेको छैन ।
प्रतिक्रिया