ग्रामीण विकास र युवाको भुमिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७१, बुधबार ०८:१६

डिकेन्द्र कुमार थापा ।

विश्वमा बढदै गहिरहेको औधोगिकरणको बिकास र आधुनिकिकरण का बिचमा रहेको नेपालको ग्रामीण बिकास अत्यन्तै महत्वपुर्ण सवालको रुपमा रहेको छ । बिकासको मुलप्रवाहमा रहेको अथवा बिकासको गतिलिन खोजिरहेको नेपालका लागि ग्रामिन बिकास अति महत्वपुर्ण सवालका रुपमा सहेको छ । बिकास का धेरै मोडहरु हुनेगर्दछन् । तर बिकासलाई साथकता दिनको लागि एउटा राज्यले पुर्ण ग्रामिण बिकास गर्न सकेको खण्डमा मात्र बिकासको मोडलले साथकता पाउन सक्दछ । देशको आर्थिक, सामाजिक र राजनितिक बिकास गर्न सकेको खण्डमा बिकासले परीर्वतनकारी भुमिका खेल्ने गर्दछ । आर्थिक बिकास ग्रामिण बिकासको प्रमुख पक्षका रुपमा रहेको छ । आर्थिक बिकासका लागि प्रमुख कुरा भनेको देशका जनताको जीवन स्थरमा सुधार, रोजगारीको र्शिजना, उद्योग तथा कलकचारखाको बिकास, साधन र स्रोतको उपयोग तथा जिवनउपयोगि शिपशिक्षाको बिकासमा सक्षम रहनु भन्ने बुझिन्छ । आर्थिक बिबकास कसरी हुन्छ भन्ने कुरा पनि एउटा बिशेष महत्वपुर्ण अंसका रुपमा रहेको हुन्छ । आर्थिक बिकासका लागि एउटा देशको भुभागमा रहेका जनतालाई आर्थिक उन्नति तर्फ लिनका लागि बिशेष भुमिका भनेको सरकार अथवा राज्यको रहन्छ । ग्रामीण भुभागमा रहेका सिमान्तकृत, पिछडियका वर्ग, महिला,आदिवासि, दलित, जनजाति, तथा गरीब वर्गको समाबेसि सहभागितामा आर्थिक बृद्धि तर्फ बिशेष जोड दिनु पर्दछ ।

युवा देशका महान हस्ति हुन, परिर्वतनाका सम्बाहक हुन, मानव अधिकार, बालअधिकार, समग्र अधिकार, बिकासका मुलनायक हुन र वातावरण संरक्षण कर्ता हुन । नेपालको कुल क्षेत्रफलको.८२.९३ प्रतिशत भुभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ८० प्रतिशत मानिस कृषि क्षेत्रमा आश्रीत रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत युवाहरुको बसोवास रहेको छ । नेपालका ४०.३४ प्रतिशतमा ५४ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् । नेपालको कुल भुभाग मध्य धेरै भुभाग ग्रामिण क्षेत्रमा रहेको छ । नेपालका ग्रामिण क्षेत्रमा रहेका धेरै मानिसहरु गरिबिको रेखामुनि रहेका छन् । ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जिवन स्थर सुधारका लागि सरकारले बिशेष कार्यक्रम को तय गर्नु पर्दछ । वर्तमान समयमा देश बिसम परिस्थितिमा गुर्जिरहेको अबस्थामा देशको आमुल परिर्वतनका लागि देशका महानायक युवाहरुको क्षमता बिस्तारका लागि सरकारले बिशेष कार्यक्रको तय गर्नु पर्दछ । रोजगारीको बिकास तथा बिस्तारका लागि जेजति प्रयासहरु गरीयका छन् त्यसको प्रतिफल खासै पाउन सकिरहेको अबस्था छैन । बेरोजगारी युवाको क्षमता बृद्धि तथा गरिब, जनजाति, अल्प संख्यक, पिछडियका वर्ग को जिवन स्थर सुधारका लागि युवाहरुलाईनै परिचालन गर्नु पर्दछ ।

बिकासशील राष्ट्रका युवाहरुको तुलनामा नेपाली युवाहरुको अवस्था निकै दयनिय रहेको छ । जसले गर्दा युवाहरु राज्यको मुल प्रवाहिकरणमा आउन सकेका छैनन् भने राज्यबाट पनि यथोचितरुपमा युवालाई प्राथमिकता दिएको पाईदैन । अधिकाम्स शिक्षित युवाहरु औपचारीक शिक्षाआर्जनपछि खाडीमुलुकमा आफनो श्रम सस्तोमुल्यमा बेच्न बाध्य छन । तसर्थ राज्यको मुलप्रवाहिकरणमा भन्दा बाहिर रहेका युवा समुदायहरुलाई लक्षित गरी उनीहरुलाई सामाजिक ,सास्ंकृतिक र राजनितिक मुलधारमा समाविष्ट गर्नको लागी युवा लक्षित कार्यक्रमको सुरु गर्नु पर्दछ । १६ बर्षमुनिका बालबालिका हुन् अथवा ४० बर्ष पुरा भएका प्रौढ समुदाय सवैलाई काँधमा बोकेर हिड्ने बर्ग भनेको युवा नै हो । समग्रमा शान्ति, सुब्यवस्था ,बिकाश ,मानवअधिकार हरेक पक्षसगं युवाको सम्वन्ध जोडिएको हुन्छ । कुनै पनि मुलुकलाई उन्नति वा अवनति कता लैजाने भन्ने हात युवामा हुन्छ तसर्थ युवाहरुमा सकारात्मक सोचको बिकाश गराउनका लागि सरकारले बिशषे भुमिका निर्वाह गर्नु पर्दछ । जनचेतनाको माध्यमबाट युवाअधिकार, मानवअधिकार, बालअधिकार, महिला तथा लैङ्गिीक समानाता, समाजिकि समावेशीकारण, वातावरण संरÔण, समाजिक तथा आर्थिक विकास, न्याय, सुशासन, शान्ति, जनस्वास्थ्य, शिÔा र सरसफाई र सुशासनको Ôेत्रमा युवा सहभागिताका लागि सरकारले युवाहरुलाई अग्रसर गराउनु पर्दछ ।

युवा निति २०६६ ले युवा का क्षेत्रको बिकासका लागि तथा युवाको क्षमता बृद्धिको लागि बिभिन्न कार्यक्रम ल्यायको छ । बिभिन्न राष्ट्यि तथा अन्र्तराष्ट्यि सामाजिक संघ संस्थाहरुले पनि युवा लक्षित कार्यक्रम ल्यायका छन् । तर हिमाल,पहाड र तराई गरी तिनवटा प्रदेशमा बिभाजित नेपालमा यस्ता कार्यक्रम सञ्चालन गर्न कठिन हुने गर्दछ । हिमाली क्षेत्रमा यातायात र सञ्चारको पहुँच नपुग्नु ,त्यहांको स्थानिय भाषाको अभाव हुनु तथा त्यहां स्थानिय परिचालकको अभावले समस्या पर्ने गर्दछ । त्यसका लागी संम्वन्धित क्षेत्रको भौगोलिक अवस्था ,रहनसहन बुझेको परिचालकको आवस्यकता पर्दछ । त्यसैगरी पहाडी क्षेत्रमा भौगोलिक अवस्था , यातायात र सञ्चारको बिस्तार भएपनि ब्यवस्थीत नहनुजस्ता समस्याहरु उत्पन्न हुन्छन । त्यसैगरी तराई क्षेत्रमा मात्रृभाषा र त्यहांको रहनसहनमा घुलमिल भएका सहकर्मीको आवस्यक पर्ने गर्दछ ।

युवा वर्तमानका साझेदार हुन् । युवाको क्षमता अभिबृद्धि र सशक्तिकरणका माध्यमबाट देशको परिवर्तन र विकास सम्भव छ । शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक अधिकार हो । सामाजिक, सांस्कृतिक, आर्थिक राजनैतिक हरेका क्षेत्रमा युवाको सहभागिता सुनिश्चित हुनसके मात्र दिगोपन रहन सक्छ । समुन्नत र सम्मृद्ध राष्ट्रको लागी योगदान दिनुपर्ने युवा बेरोजगारी, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारणले देश बिकासको मुलप्रवाहमा आउन सकिरहेका छैनन् ।

राज्यले बिकासका निम्ति योजना बनाई मुलप्रवाहमा युवालाई समेट्नु पर्दछ । बिकास र बिस्तारका लागि समाबेसि तवरले योजना कार्यन्वयनमा समाबेस गर्नु पर्दछ । ग्रामिण समुदायमा रहेका सम्भाब्यताको सुचि बनाई त्यसको काममा युवाहरुलाई अग्रसर बनाउनु पर्दछ । वातावरण संरक्षण का लागि जनचेतनाका माध्यमबाट विश्वमा बढदै गहिरहेको जलवायु परिवर्तको असरलाई कम गर्नका लागि युवानै प्रमुख प्रात्र रहेका छन् । ग्रामीण बिकासमा युवाको सहभागिता जति महत्वपुर्ण रहन्छ त्यतिकै मात्रामा युवालाई अग्रसर गराउने कार्य महत्वपुर्ण रहन्छ । बिकसित राष्ट्को तुलनामा नेपालको कुल ग्रास्त उत्पादन धेरैकम रहेको छ । तर देशको कुल ग्रास्त उत्पादनको बृद्धिको लागि सरकारले युवासंग साझेदारि गरि यसको बिकल्पको रुपमा कार्ययोजनाको तयार गर्नु पर्दछ । युवा वर्तमानका साझेदारी हुन भने भबिश्यका महानायक हुन जब बिकासको कुरा अगाढि बढाईन्छ तब यवाको क्षमता बिस्तार मा बिशेष ध्यान दिन जरुरी देखिन्छ । नेपालको कर्णाली क्षेत्रको समग्रबिकास तथा बिस्तारका लागि सरकारले कर्णाली बिशेष योजनाको बिकास गर्न जरुरी देखिन्छ ।
नेपालको श्रम र्सवेक्षण २००८ अनुसार ४ लाख युवाहरु प्रत्यक वर्ष श्रम बजारमा आउंछन । करिव ३० लाख नेपाली युवाहरु खाडि मुलुक जस्तै मलेसिया, साउदिअरव, कतार, दुवैइ, वहराइ, कुवेत आदि जस्ता मुलुकमा आफनो श्रम बेच्न हिडिरहेको अबस्था रहेको देखिन्छ । सोहि संख्याको हाराहारिमा अभिलेखिकरण नभहेका समेत यि मुलुकमा कार्यरत रहेका छन् । युवाहरुमा चेनाको स्थर बृदि गर्न नसकिरहेका अबश्था छ । देशमा अन्योलको वातावरण र्शिजना भहिरहेको अबस्थाले गर्दा पनि यसको असर युवाहरुमा र्पदै गहिरहेको अबस्था छ ।

नेपालमा २० देखि २४ वर्ष उमेर समुहका ४६ प्रतिशत युवाहरु बिभिन्न व्यक्ति तथा समुहहरु द्धारा प्रया्ग गरिएका छन् । यसरी अरुद्धारा प्रयोग भएका युवाहरु गलत काम वा हिंसामा फस्ने बढि सम्भाबना पनि हुन्छ् । करिव २७.८७ प्रतिशत युवाहरुले मात्र सिपमुलक छोटा र लामा अबधिका तालिम प्राप्त गरेका छन् । जसरी युवाहरुलाई सक्षम र रोजगार बनाउने भनेर बिभिन्न संघ संस्था र नेपाल सरकारले दिइएको छ । तालिम दिदैमा युवाहरु सक्षम भैसके भनेर चुपलागे बस्नु भन्दा उनिहरुले केगरि रहेका छन् भन्ने कुरामा समेत थप अध्ययन अनुसन्धान गरी तालिमको गुणस्थर र त्यसको प्रयोगका संम्बन्धमा समेत थप आबश्यक जानकारी लिन आबस्यक छ । सिपकै कुरा गर्नहा भने नेपालका ८०.३३ प्रतिशत युवाहरुलाई जिवनउपयोगि सिपशिक्षाको बारेमा जानकारनै छैनन् वा जीवनउपयोगि सिप सम्बन्धि काय्रक्रममा समे सहभागि भहेका छैनन् ।
ग्रामिण बिकास र युवाको सहभागितामा बिशेष कार्यक्रमका माध्यमबाट युवालाई , युवामा उत्पन्न भहिरहेको द्धन्द्धलाई र्शिजनात्मक तरीकाले रुपान्तरण गर्नु पर्दछ । जब युवालाई र्शिजनशिल कार्यमा लगाईन्छ तब मात्र देशले बिकासको माडले तयार हुन सक्दछ । युवा र बिकासको सम्बन्ध जति महत्व छ त्यति नै ग्रामिण बिकासको सम्बन्ध पनि महत्व छ । अबको नयां संम्बिधान मा युवाका सवालहरुलाई समेटनु पर्दछ र नेपालबाट दिन प्रति दिन बिदेशि रहेका युवालाई नेपालमा नै रोजगारीकाके वातावरण र्शिजना गरी देशको ग्रामिण बिकासमा अग्रसर गराउनु पर्दछ । यसरी देशको बिकास कार्यमा युवाहरुलाई समाबेश गरियको खण्डमा देशको ग्रामिण बिकास सफल र फदाई हुनेछ । युवाका समस्या को पहिचान गरी देश बिकासको मुल प्रवाहमा युवालाई ल्याउन सकेको खण्डमा ग्रामिण बिकास सम्भव रहेको छ । अल्पकालमा हुने राष्ट्यि आम्दानिमा सरकारले बिषेश जोड दिनु पर्दछ । सडक, यातायात, ऊर्जा,बैङ्क तथा बजार सुधार, घरेलु तथा साना उद्योग आदिको बिकासमा सरारले जोड दिनु पर्दछ । अर्काे तिर ग्रामिण बिकासले पिछडियका समुदायप्रति बिषेश सरोकार राख्ने भहेकोले बिकासमा पिछडियका समुदायका युवाहरुलाई बिकासको बाटोमा अगाडि बढाउने प्रयत्न गर्ने । जसको लागि पुर्वाधारको बिकासमा सरकार अगाढि बढनुपर्ने देखिन्छ । भने बिकासमा हरेक तहरतप्काका, समुदाय, हरेक लिङ्गका युवाको समानुपातिक सहभागिताको जोड दिनु पर्दछ । सरकारले स्थान, समय तथा आबश्यकता अनुसार साधनको व्यबस्था मिलाउनु पर्दछ । शिक्षा स्वास्थ्य, खानेपानि आदि जस्ता सामाकि पूर्वाधारको बिकासमा जोड दिदै सामाजिक सुरक्षा का सवालका बिषयहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गर्नु पर्दछ । जसमा बिषेश प्राथमिकताको समुह भनेर युवालाई समाबेस गर्नु पर्दछ । यसरी युवाहरुलाई प्राथमिकताका साथ काममा लगाई बिकासको अग्रगमन गतिमा समाबेस गर्न सकेको खण्डमा देशको बिकास संग संगै युवाहरुको क्षमताको बिकास र रोजगारीको बिकास हुने गर्दछ । जसको माध्यमबाट ग्रामिण बिकास र्दुत गतिमा अगाडि बढने छ ।

[email protected]

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१