महिला हक्की टिमका खेलाडीहरुले एउटा क्यालेन्डरका लागि भन्दै सामुहिक रुपमा निर्वस्त्र भएर लोभलाग्दा पोज दिएका छन् । बेलायतको लान्काशायरस्थित सेन्ट एन्नेस हक्की क्लवमा १४ महिला खेलाडीहरुले नग्न फोटोसुट गराएका हुन् । लिथाम स्पोट्र्स फाउन्डेसनका लागि पैसा उठाउन आफूहरु नांगिएको उनीहरुको भनाई छ ।
सार्वजनिक भएका उनीहरुका तस्बिरलाई धेरैले आपत्तिजनक मानेका छन् । तस्बिरमा उनीहरुले आफ्नो दुधको मुन्टो छोप्ने प्रयास गरे पनि शरीरको तल्लो भाग भने निर्लज्ज भएर देखाइदिएका छन् । कुनै तस्बिरमा आराम गरिरहेका देखिन्छन् भने कुनैमा खेलिरहेका त कुनैमा लुगा फेरिरहेका । एउटा हातले वक्षस्थल र अर्कोहातले गुप्तांगलाई छोपेर पनि फोटो खिचाएका छन् उनीहरुले ।
लिथाम लेडिजका लागि खेल्ने गोर्जिया पर्किन्सले सुरुमा नग्न फोटोसुट गर्ने सोच अघि सारेकी हुन् । उनले फाउन्डेसनका लागि पैसा संकलन गर्न भन्दै नग्न फोटोसुटको प्रस्ताव राखेपछि अन्य सदस्यहरुले केहि आनाकानी गर्दै स्वीकारेका थिए । यो पर्किन्सका पिताले स्थापना गरेको फाउन्डेसन हो । उनी भन्छिन्, ‘जब मैले सुरुमा यो प्रस्ताव राखेँ, सबै जना स्तब्ध बनेका थिए । तर मैले राम्रोसित सम्झाएपछि उनीहरु उत्साहित भए । म उनीहरु सबैप्रति गौरव गर्छु ।’
सुरुमा हक्की स्टिकले स्तन छोपेर फोटो खिचाउने उनीहरुको योजना थियो । तर यसो गर्दा ‘सेक्सी’ नदेखिएको भन्दै उनीहरुले हत्केला वा औंलाले स्तनको मुन्टो मात्रै छोप्ने निस्कर्षमा पुगेका थिए । कहिल्यै नांगो फोटो नखिचाएका सबै केटीहरु सुरुमा खुबै लजाएका थिए । विशेषगरी कम उमेरका किशोरीहरुले आफ्नो वक्षस्थल खुला छोड्दा रातोपिरो भएको पर्किन्सको भनाई छ । ‘उनीहरुलाई लुगा फुकाल्न मात्रै घन्टौं लागेको थियो,’ पर्किन्स भन्छिन्, ‘तर एक–दुई पोज लिइसकेपछि सबै जना खुल्दै आए । त्यसपछि त फोटोसुटको बीचमा पनि नांगै यताउता घुमिरहेका थिए ।’
फाउन्डेसनको उक्त क्यालेन्डरले तत्कालै बजार पिटेको छ । पर्किन्सका अनुसार यसको फेसबुक पेजमा दैनिक सयौं लाइक बटुलिरहेको छ । स्पोट्र्स क्लवका अध्यक्ष डेभिड पर्किन्स भन्छन्, ‘हाम्रो क्यालेन्डरका लागि नग्न फोटोसुट गर्ने केटीहरुप्रति म हृदयदेखि नै आभारी छु । नयाँ पुस्ताका लागि उनीहरु प्रेरणाका स्रोत हुन् ।’ क्लवको पूर्वाधार तथा नयाँ संरचना निर्माणमा यो रकम खर्च गरिने बताइएको छ । क्यालेन्डरको मूल्य १० पाउण्ड राखिएको छ ।
प्रतिक्रिया