किम फेरी गर्भवती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ कार्तिक २०७२, शनिबार ०६:५८

kim-kardashian-Shows-Bikini-Bump-At-the-Pool-in-Los-Angeles-eएजेन्सी : स्टार किम कार्डियासन गर्भवती हुँदा गम्भीर बिरामी पर्ने गरेको यसअघि नै पुष्टि भएको छ । पहिलो सन्तान गर्भमा रहँदा उनलाई हाइपरटेन्सन लगायत गम्भीर समस्या परेको थियो । गर्भवती हुँदा उनको जीवन मरणको स्थितिमा पुगेकी थिइन् जसका कारण  शल्यक्रिया गरी समय नपुगी उनको बच्चा निकालिएको थियो ।

३५ वर्षीय यी स्टार अहिले दोस्रो पटक पनि गर्भवती भएकी छिन् । दोस्रोे बच्चा जन्माउन खोजे उनलाई झन् कठिन हुने कुरामा चिकित्सकहरुले त्यतिखेरै सचेत गराएका थिए । तर, त्यसको कुनै प्रवाह नगरी उनी फेरि पनि गर्भवती भइन् । अहिले भने किम  सुगरबाट पीडित भएकी छिन् । उनले फेरि पनि पहिला जस्तै समय नपुगी बच्चा जन्माउनपर्ने चिकित्सहरुले चेतावनी दिएका छन् ।

किपिङ अप वीथ कार्डिसियन नाम दिइएको एउटा सनसनीपूर्ण दृश्यमा किमले आफ्नी आमा क्रिस जिनर र बहिनी कउटेनीलाई आफ्नो स्वास्थ खतराप्रति बताएको देखाइएको छ ।

नियमित अल्ट्रासाउन्डपछि किमले आफ्ना परिवारलाई यसो भनेकी छिन्, ‘मेरो प्रजनन संरचनामा चिकित्सकहरुले बढी चलायमान भएको पाएका छन्, जसको अर्थ मलाई डायबिटिज भएको छ ।’ उनले भनिन् , ‘मेरो स्वास्थ्यमा फेरी समस्या देखिएको छ ।’

ठूलो पीडा भएसँगै किमले आफ्नो गर्भावस्थालाई सबैभन्दा खराब अनुभवको संज्ञा दिएकी छिन् । आफ्नो वेबसाइटमा उनले लेखेकी छिन, ‘गर्भवती हुनु मेरो जीवनकै सवैभन्दा खराब अनुभव हो । गर्भवती अवस्थालाई एक मिनेटपनि मैले रमाइलो मानिन । अन्य महिलाहरु गर्भवती हुँदा खुसी हुन्छन् भन्दा मलाई अचम्म लागेको छ । अहिले मलाई लाग्छ यो छाला मेरो आफ्नो होइन,’  उनी भन्छिन् । ‘गर्भवती हुँदा महिलाहरुले आफ्नो सम्पूर्ण व्यथा भन्दैनन् । गर्भवती भएपछि सामान्यतया डायपर लगाउनपर्दो रहेछ । उफ मलाई कसैले भनेन ।’ उनले अगाडि भनिन् ।

kim-kardashian-pregnant-body-ftr-1

Kim-Kardashian-Pregnant-Kim-Kardashian-Leaves-arpWq5ZpXhfl

kim-kardashian-shopping-at-fred-segal-in-west-hollywood-07-16-2015_15

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१