हलीउड कलाकारहरु ब्राड पिट र एञ्जेलिना जोलीको सम्बन्ध दश बर्ष पुरानै भएपनि उनिहरुलाई आफु बीचमा कोही नआओस् भन्ने चिन्ता छ । एक म्यागेजिनका अनुसार जोलीको यो चिन्ता ब्रिटिश एक्ट्रेस सीएना मिलरले बढाएकी हुन् ।
सीएनाले पिटको साथमा “द लॉस्ट सिटी ऑफ जेड’ फिल्ममा काम गरेकी छिन् । पिट यो फिल्मका निर्माता हुन् । यहि फिल्मको समयमा यि दुईको सम्बन्ध प्रगाढ हुँदै गएको बताईन्छ । यि दुईका बारेमा जोलीले निकै नजर राख्ने गरेको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया