काठमाडौं, २८ जेठ । नेपालले क्रिकेटको डिभिजन थ्री प्रतियोगिता गर्न नपाउने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले प्रतियोगिता आयोजनाको जिम्मा युगाण्डालाई दिने निर्णय गरेपछि नेपाल आयोजक बन्ने सम्भावना सकिएको हो ।
नेपालले आइसिसीलाई प्रतियोगिता आयोजना गर्न इच्छुक भएको आशयपत्र पठाएपनि आइसिसीले प्रतियोगिता सञ्चालन गर्ने जिम्मा युगाण्डालाई दिने निर्णय गरेको हो ।
आगामी कातिक ९ देखि १६ गतेसम्म हुने भनिएको प्रतियोगितामा नेपालसहित युगाण्डा, बर्मुडा र अमेरिका तथा डिभिजन फो मा शिर्ष २ मा रहने २ टोलीले भाग लिनेछन् । प्रतियोगिताको शिर्ष २ मा पर्ने टीम डिभिजन २ मा बढुवा हुनेछन् । युगाण्डाले पहिलोपल्ट आइसिसीको डिभिजन स्तरीय खेल आयोजना गर्ने जिम्मेवारी पाएको हो ।
प्रतिक्रिया