नाकाबन्दी निन्दनीय : अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ कार्तिक २०७२, बुधबार ०४:४६

IMG_0846परिवार दलका अध्यक्ष ढकालद्वारा बडा दशैंको शुभकामना 
चितवन । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपालीको महान पर्ब बिजय दशमीको पावन अबसरमा देश भित्र र बाहिर रहनु भयका सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजु भाईहरुमा सुख, शान्ति, सम्ब्रिधि र उतरोउतर प्रगतिको शुभ-कामना ब्यक्त गर्नु भयको छ । दशैँ मनाउन ८० बर्षे आमाको निवास चितवन स-परिवारका साथ् आइपुग्नु भयका ढकालले नाकाबन्दिको कारण नेपाली जनताले भोग्नु परेको समस्याप्रति दुख ब्यक्त गर्दै कुनै पनि कारणले नाका बन्दि निन्दनीय भयको बताउनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले सयुक्त राष्ट्र संघको बडा पत्र, भुपरीबेस्ठित राष्ट्रको पारबहन अधिकार र सार्कको मर्म बिपरित लादियको नाक बन्दि बिना सर्त तुरुन्त सुचारु नगरे अन्तरास्ट्रिय कानुन आकर्षित भई यो बिषय एक अन्तरास्ट्रिय मुद्धा हुने बताउनु भयो । अध्यक्ष ढकालले एकजना व्यक्तिको अधिकार हनन हुँदा आबाज उठाउने अन्तरास्ट्रिय मानब अधिकारकर्मी संघ संगठन र सयुक्त राष्ट्र अहिले ३ करोड नेपाली नागरिकको अधिकार हनन् हुँदा के हेरेर बसेका छन् भनि प्रश्न गर्नु भयो । एक अर्को प्रसंगमा सांसद समेत रहेका ढकालले प्रधानमन्त्री केपी शर्मा ओली छिमेकि राष्ट्र भारत संगको सम्बध सुधार गर्न एक्लो प्रयाश बाट  मात्र प्रयाप्त  हुदैन भदै सबै क्षेत्र  र प्रतिपक्ष समेतलाई बिश्वाशमा लिनु पर्ने बताउनु भयो । अध्यक्ष ढकाल २ दिन आम संग घरमा बस्ने, स्थानीय संग भेटघाट गर्ने र दशमीको दिनमा आमाको हातबाट टिका ग्रहण गरि काठमाडौँ फर्कने नेपाल परिवार दलका केन्द्रिय सदस्य राम प्रसाद ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया