पत्रकारको सुरक्षाको दायित्व विषयक अन्तक्रिया सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७१, बुधबार ०५:३७

प्रकाश धौलाकोटी, तेह्रथुम जेठ । तेह्रथुमको म्याङलुङमा पत्रकार सुरक्षाको लागी सुरक्षा निकायको दायित्व विषयक १ दिने अन्र्तक्रिया मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा युनेस्को काठमाण्डौ पत्रकार सुरक्षा कार्यक्रमका संयोजक लक्ष्मण दत्त पन्तले अभिब्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा विषयक कार्यपत्र तथा पत्रकार महासंघका पूर्व अध्यक्ष सूरेश आचार्यले पत्रकार सुरक्षा राज्यको दायित्व विषयक कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा अभिब्यक्ति स्वतन्त्रता सम्वन्धि ब्यवस्थाहरु ,संयुक्त राष्ट संघिय संयन्त्रहरु, अन्तरीम संविधान २०६३ मा भएका ब्यवस्थाहरु,पत्रकार सुरक्षा कार्यक्रम ,मानव अधिकार रक्षक सम्वन्धि राष्टसंघिय घोषणा लगायत विषयमा छलफल भएको थियो । तेह्रथुम धनकुटा र संखुवासभाका सूरक्षा निकायका प्रमुख तथा प्रतिनिधि ,पत्रकार महासंघका अध्यक्षहरु तथा संचारकर्मीहरु सहभागी कार्यक्रम युनेस्को काठमाण्डौ, मधेसी पत्रकार संघ र नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको आयोजनामा सम्पन्न भएको हो । तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनकुटाका प्रहरी उपरीक्षक इश्वरी चापागाइ ,मधेसी पत्रकार संघका अध्यक्ष कुमार विवेकानन्द मिश्र ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष खगेन्द्र घिमिरे लगायतका वत्ताहरुले पत्रकारहरुको सुरक्षा संवेदनशिलताका वारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष उद्धव तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१