प्रधानमन्त्रीको स्वकीय सचिवमा आचार्य र बज्राचार्य नियुक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ कार्तिक २०७२, आईतवार २०:२२

Rajesh-Bhajracharya-and-Ramesg-Achryaकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय बिस्तार गरेका छन् । प्रधानमन्त्रीले रमेश आचार्य र राजेश बज्राचार्यलाई स्वकीय सचिव नियुक्त गरेका हुन् ।
आचार्य र बज्राचार्य दुवैजना ओली प्रधानमन्त्री हुनुभन्दा अघि पनि स्वकीय सचिवका रुपमा कार्यरत थिए । युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य आचार्य अनेरास्ववियुको केन्द्रीय राजनीति गरिसकेका युवा हुन् ।
त्यस्तै बज्राचार्य ओलीका निकट सहयोगी कार्यकर्ता हुन् । यसअघि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा मन्त्रिपरिषदबाटै निर्णय भएर इन्द्र भण्डारी नियुक्त भइसकेका छन् । ओलीले आवश्यकता अनुसार राजनीतिक तथा विदेश मामिला र प्रशासनिक सल्लाहकार पनि नियुक्त गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१