त्यसबाहेक ढाकाको कपडाबाट बनेका नेपाली टोपी र ब्याग अनि पर्स, टाई, मजेत्रो, मोबाइल ब्याग आदिले झनै सोभा बढाएको पाइन्छ । यस दरबार क्षेत्रमा आन्तरिक पर्यटकहरु धार्मिक आकाङ्क्षका साथमा यस क्षेत्रमा आउने गरेका छन । पश्चिमी मलुकका पर्यटकहरु प्नि काली गण्डकीको आसपासमा जल यात्रा गर्ने क्रममा यस क्षेत्रमा आउने गरेको पाइन्छ । त्यस्तै भारत लगाएत अन्य एसीयाली देशका पर्यटकहरुको पनि यहाँ उपस्थिति रहने गरेको छ ।यस्तो एतिहासिक महत्व बोकेको पाल्पाको रानि महलमा पछिल्लो समयमा पुनर संरचनाको काम भने त्यति साह्रो भएको देखिदैन । यहाँ निर्माण गरिएका भौतिक संरचनाको पुन निर्माण हुन नसक्दा भत्कने अवस्थामा पुगेका छन । यहाँको विकासको सम्भाबना बोकेको एउटा क्षेत्र पर्यटन हो । सुनौली नाकाबाट भित्रने भारतिय र तानसेन बजारमा बढी केन्द्रित रहेका पर्यटकलाई गाउँ गाउँसम्म पुयाउन सके अझ यसको विकास र विस्तारमा सहयोग पुग्ने थियो । यहाँका स्थानिय बासिन्दा सरकारलेनै यहाँको पर्यटन विकासमा ध्यान नदिएको भनाई राख्छन । सरकारी तबरबाट पनि यसको विकासमा जोड दिइनु उतिकै आवश्यक हुन्छ नै । आन्तरिक, भारतिय र अन्य मुलुकका पर्यटकहरुलाई आकर्षित गरी यहाँको पुर्नसंरचनामा अझ बढी लाग्नु यहाँको प्रमुख आवश्यकता देखिन्छ । के सरकारको मात्रै कमजोरी हो त यहाँको विकास पछि पनुको कारण यो सोचनिय बिषय हुन सक्छ ।
businesssansar.com
प्रतिक्रिया