एसएलसी परीक्षाको परीक्षाफल पाँँचदिन भित्र सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार २०:५७

भक्तपुर, २७ जेठ  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको परीक्षाफल पाँँचदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत चैत ६ गतेबाट सुरु भई १४ गते सम्पन्न भएको परीक्षाको परीक्षाफल जेठ महिना भित्रै सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जानकारी दिएको छ ।slc
कार्यालयले उत्तरपुस्तिका परीक्षण सकेर सम्परीक्षण गर्ने, कम्युटरमा ईन्ट्री गर्ने, परीक्षार्थीको हाजिरी रुजू गर्ने, गल्ति पत्ता लगाउन मिसिङ्ग गर्ने, बुक निकाल्ने लगायतका अधिकांश कार्य सकेर अन्तिम रुजू गर्ने कार्य भईरहेको कार्यालयले जानकारी दिएको छ ।
गतवर्ष भन्दा यसवर्ष एकसाता ढिलो परीक्षा सुरु भएपनि परीक्षाफल भने छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको कार्यालयले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले यसवर्ष असारको ३ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेको बताउनुभयो । असारको ३ गतेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको बताउँदै उहाँले रुजू गर्ने काम छिटो सकियो भने आगामी ५ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको बताउनभयो ।
परीक्षा कै विषयमा मंगलबार कार्यालयमा बोर्ड बैठक बसेको जानकारी दिदै उहाँले अहिलेसम्म सकिएको कामका छलफल गरेको बताउँदै जतिसक्दो छिटो परीक्षाफल प्रकाशित गर्ने तयारीमा जुटेको उहाँले बताउनुभयो । यसवर्ष एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् ।

प्रतिक्रिया