अर्को ड्रोन सोलुखुम्बुमा समातिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७२, शनिबार ०७:१४

Dronकाठमाडौं ।  नेपाली सेनाको मुख्यालय भद्रकालीनजिकै आकाशमा ड्रोन उडाई तस्बिर लिने दुई चिनियाँ पत्रकार पक्राउ परेकै भोलिपल्ट बिहीबार चिनियाँ सिमानाको तस्बिर र दृश्य कैद भएको अर्को ड्रोन सोलुखुम्बुमा समातिएको छ ।

आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार नेपाल चीन सीमा क्षेत्रवरिपरिका प्रशस्त तस्बिर र भिडियो खिच्दै स्याङ्बोचे नजिकैको पहाडमा ठक्कर खाएपछि त्यसलाई सेनाले नियन्त्रणमा लिएको हो । सामान्यभन्दा केही फरक देखिने शक्तिशाली क्यामरा, धेरै दृश्य तथा भिडियो अटाउन सक्ने मेमोरी कार्ड भएको ड्रोनमा खिचिएका तस्बिर र भिडयोहरु सैनिक ब्यारेक तथा राष्ट्रिय निकुञ्जका अधिकारीहरुले हेरेका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१