दसैंका यात्रुबसले दोब्बरभन्दा पनि बढी भाडा असुल्न थाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७२, शनिबार ०७:०८

72c3000984306f25379134db6ff79d1f_Lधादिङ ।  दसैं नजिकिँदै जाँदा घर फर्किने यात्रुको चापका बीच यात्रुबसले दोब्बरभन्दा पनि बढी भाडा असुल्न थालेका छन् । भारतले गरेको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण इन्धनको अभाव हुँदा थोरै मात्रामा गाडी चलेको र त्यसमा पनि सवारीसाधनले दोब्बर भाडा लिन थालेपछि यात्रु मारमा परेका छन् ।

काठमाडौंबाट धादिङको उत्तरी क्षेत्र सल्यानटार जान लागेका हरि सापकोटाले काठमाडौंदेखि धादिङसम्मको भाडा तीन सय तिरेको बताए । काठमाडौंबाट धादिङ सम्मको भाडा १ सय ७० रुपैयाँ मात्र छ । सापकोटा मात्र होइन, सबै यसरी नै बढी भाडा तिर्न बाध्य छन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया