‘मलाई दिनमा २४ घण्टा नै थोरै जस्तो लाग्छ : ऐश्वर्या राय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७२, शनिबार ०६:३०

14102015091806raya-600x0काठमाडौं।  ‘जज्बा’ मार्फत सुखद कमब्याक गरेकी अभिनेत्री ऐश्वर्या राय आफू सधैं ‘मल्टिटास्क’ मा व्यस्त रहने बताउँछिन् । विवाहअघि नै अभिनयमा अत्यधिक व्यस्त ऐशले कुनै बेला भनेकी थिइन्, ‘मलाई दिनमा २४ घण्टा नै थोरै जस्तो लाग्छ ।’ यतिबेला भने उनका काम र जिम्मेवारी झन् थपिएका छन् ।

विवाहपछि पत्नीको भूमिकासमेत निर्वाह गरेकी उनी छोरी आराध्याकी आमा भएपछि झन् व्यस्त रहिन् । यतिबेला फिल्ममा कमब्याक जनाएपछि त ऐशको समय व्यवस्थापनलाई लिएर काफी प्रशंसा हुन थालेको छ ।

‘विवाहअघि त मेरा लागि समय थोरैजस्तो लाग्थ्यो । अहिले विवाहपछि आमा हुँदा अवस्था ज्यूँका त्यूँ नै छ,’ हालैको एक कुराकानीमा ऐशले भनिन्, ‘२४ घण्टा अझै पर्याप्त छैन । तर हामी महिला थोरै समयमा पनि धेरै काम सल्टाउन माहिर हुन्छौं । हामी महिलामा त्यो अद्भुत क्षमता हुँदोरहेछ ।’

उनले सकेसम्म पारिवारिक र निजी जीवनले फिल्ममा प्रभावित नहोस् भन्नेमा चनाखो रहने गरेको पनि बताइन् । ‘मैले पहिल्यै निर्देशकलाई छोरीलाई स्कुल पठाएर सेटमा आउँदा ढिला हुन सक्ने भएकाले त्यहीअनुसार टाइम म्यानेज गर्न अनुरोध गरेकी थिएँ,’ र ऐशलाई निर्देशक सञ्जय गुप्ताले पनि फेभर गरिदिएपछि सजिलो भएको थियो । उनले थपिन्, ‘म सेटमा भएपछि पूर्णतस् एक्टिङमै फोकस हुन चाहन्छु ।

क्यारेक्टरमा भएका बेला मलाई निजी र पारिवारिक कुराहरूले डिस्टर्भ गर्न हुँदैन । तर पनि हरेक साँझ परिवारलाई आफैंले खाना पकाएर खुवाउन सकेकामा ऐश आफूलाई धन्य सम्झिन्छन् । ‘अब त छोरी पनि चार वर्षकी हुँदैछिन् र उनले पनि एउटी कामकाजी आमाको व्यस्तता कस्तो हुन्छ भन्ने बुझ्ने छिन् । मै त अझै सिकिरहेकी छु । हरेक दिन मेरा लागि पहिलोजस्तो लाग्छ,’ पूर्वमिस वल्र्ड ऐश्वर्याले भनिन् ।

ऐश्वर्याले ‘गुजारिस’ पछिको पाँच वर्षको अवधिमा भनिएजस्तो खासै धेरै परिवर्तन अनुभव नगरेको जिकिर गरेकी छन् । ‘साँच्चै भन्नुपर्दा स्वाभाविक परिवर्तनबाहेक खास नयाँ केही पाइनँ । बरु सामाजिक सञ्जालले भने धेरै फड्को मारेछ । हरेक चीज डिजिटलाइज्ड भइसकेछ । प्रिन्टको जमाना झन्डै गइसकेको रहेछ र फिल्म प्रदर्शन पनि व्यापक भइसकेको रहेछ,’ उनले अनुभव सुनाइन् ।

(कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१