विद्यार्थी कुट्ने शिक्षकले ३० हजार तिर्ने सहमति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार १४:२७

पाल्पा, २७ जेठ ।  गृहकार्य नगरेको निहुँमा विद्यार्थी कुटेर घाइते बनाउने खानीगाउँ माविका गणित शिक्षक रामप्रसाद गैरेले बिद्यार्थीलाई ३० हजार तिर्ने भएका छन् ।
सोमबार बेलुकी भएको सर्बपक्षीय भेलामा शिक्षक गैरेले गल्ती स्वीकार गर्दै उपचार खर्च स्वरुप तत्काल ३० हजार दिने सहमति भएको विद्यालयका प्रधानाध्यापक रेश्मीराज गैरेले जानकारी दिनुभयो ।teacher-0
गएको जेठ २० गते शिक्षक गैरेको कुटाइबाट कक्षा ५ मा अध्यनरत दिलिप विक घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज लगिएको थियो ।
शिक्षक गैरेले गृहकार्य नगरेको भन्दै कक्षा ५ का अन्य १२ जना विद्यार्थीलाई पनि लाईन लगाएर कुटेको अभिभावकहरुले बताएका थिए । शिक्षक गैरेले भने आफुले अरु बिद्यार्थीलाई केही सजायँ दिएपनि बिरामी भएको जानकारी पाएपछि दिलिप बिकलाई छुदै नछुएको दाबी गर्दै आएका थिए ।
कुटाई खाएका विद्यार्थी अर्काे दिन विद्यालय जान नमानेपछि मात्र अविभावकहरुले घटनाको जानकारी पाएका थिए । आमा पार्वती विकले विहीवार जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा घटनाको बारेमा मौखिक जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया