हलिउड अभिनेत्री निकोल किडम्यानले अन्ततः पूर्वपति टम क्रुजसँग २००१ मा भएको सम्बन्धविच्छेदबारे खेलेर बोलेकी छिन् । यसअघि सम्म उनले यस विषयमा कुनै पनि कुरा गर्न चाहदिन थिइन तर टम क्रुजसँगको सम्बन्धविच्छेदका प्रश्नहरु धेरै आउन थालेपछि उनले यस विषयमा मुख खोलेकी हुन् ।
लन्डनमा भएको एक कार्यक्रममा ४८ वर्षीया यी अभिनेत्रीले डिभोर्सपछि आफूले खेलेका चलचित्रको राम्रो प्रशंसा भएको, तर आफू त्यसबाट खुसी नभएको बताएकी छिन् । ‘म त्यतिवेला एउटा जीवन बाँचिरहेकी थिएँ,’ ओस्कर विजेता यी अभिनेत्रीले भनिन्, ‘सम्बन्धविच्छेदपछि सामान्य अवस्थामा फर्किन मलाई धेरै समय लाग्यो र त्यसका लागि मैले धेरै दुःख गर्नुपर्यो ।’
प्रतिक्रिया