केराको बोक्रा स्वाथ्यका लागी निकै कमाल जानी राखौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ आश्विन २०७२, शुक्रबार १०:४३

bananaयो समाचार पढेपछि तपाइँले केरा खाएर बोक्रा भने यता उता अबश्य पनि फाल्नु हुन्न होला । किनभने केराको बोक्रा स्वाथ्यका लागी निकै कमालको गुणै गुणले भरिएको हुन्छ । हालै चीनमा भएको एक अनुसन्धान अनुसार केराको बोक्रामा सेरोटोनिन हर्मोनलाइ सामान्य बनाइ राख्ने गुण रहेको हुन्छ । भनिन्छ यो हर्मोन मानिसहरूलाइ खुशी राख्नका लागी आवश्यक हुन्छ ।

केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुने गर्दछ । यसमा भिटामिन बी(६, बी(१२, म्यागनेशियम, कार्बोहाइड्रेट, एन्टीअक्सीडेन्ट, पोटाशियम, म्यागनेशियम र म्यागनीज जस्ता पोषक तत्वहरू हुने गर्दछ, जुन मेटाबोलिज्मको लागी निकै उपयोगी हुने गर्दछ ।

विशेषज्ञहरूका अनुसार केराको बोक्रालाइ पिसेर त्यसको लेप पीडा भएको ठाउँमा १५ मिनेट सम्म लगाइ राख्नाले टाउको दुखेको पीडा कम हुन्छ । शीरको पीडा रगतको धमनीमा उत्पन्न हुने तनावका कारण हुने गर्दछ र केराको बोक्रामा रहेको म्याग्नेशियमले धमनीमा गएर शीरको पीडा रोक्नमा सहायक सिद्ध हुने गर्दछ ।

केराको बोक्राले दैनिक रूपमा दांत मल्नाले त्यसमा चमक आउँदछ, किनभने यसमा रहेको पोटाशियम, म्याग्नेशियम र म्यागनीजले दांतहरूमा जमेको पँहेलोपना हटाउन मद्दत गर्दछ । नियमित रूपमा यसो गर्नाले दातमा प्रकृतिक चमक आउँदछ । यसका लागी दिनमा दुइ पटक केराको बोक्राले दाँत मल्ने गर्नाले फाइदा पुग्दछ ।

खुट्टा वा हात फुटेमा पनि केराको ब्रोकालाइ त्यस भागमा रगडने र त्यसलाइ रातभर त्यतिकै छोडिदिएमा यसले फाइदा गर्दछ । अनुहारको दागमा पनि बोक्रालाइ मिहिन गरि पिसेर पाँच मिनेट सम्म लगाउनाले फाइदा पुग्दछ । यस बाहेक केराको बोक्राले त्वचामा हुने पानीको कमीलाइ पनि पुरा गर्दछ । अण्डको पँहेलो भागमा केराको बोक्रा पिसेर मिलाएर अनुहारमा लगाउनाले अनुहारको पोतो समेत कम हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१