भक्तपुर,२९ असोज । आफैंले बोकेको बन्दुकले कञ्चटमा हानी एक सशस्त्र प्रहरीका सहायक हवल्दारले आत्महत्या गरेका छन् । सशस्त्र प्रहरी बल गुह्ेश्वरी गण दुवाकोट भक्तपुरमा कार्यरत आलापोट–२, काठमाडौंका ३० वर्षीय मुकुन्द फुयाँलले एसएलआर बन्दुकले बायाँ कञ्चटमा हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान गोली लागेको अवस्थामा १४ नम्बर पोस्टमा फुयालको मृत शरीर फेला परेको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी प्रवीणलाल श्रेष्ठले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया