एजेन्सी ।
बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी टेलिभिजन शोमा देखाइएको बोल्डनेशको चर्चा सेलाएको छैन । तर सोही टेलिभिजन कार्यक्रमलाई भारतमा ल्याउँदा भने प्रियंकाका बोल्डसिन हटाइने भएको छ ।
कामुक सिनले बच्चामा खराव असर गर्न सक्ने भन्दै भारतीय अधिकारीहरुले यी दृष्य हटाउन निर्देशन दिएका हुन् ।
यो सिरियलमा प्रियंकाको कामूक दृष्यहरु हटाएर भारतमा प्रसारण गरिने छ । प्रियंकाले आफू यी सिन गर्दा असाध्यै अहसज बनेको खुलासा भारतीय मिडियासँग गरेकी छिन् ।
प्रतिक्रिया