पुरुषहरु कस्तो ठाउँमा बोल्न डराउँछन् होला त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ आश्विन २०७२, बिहीबार १७:५६

एजेन्सी

पुरुषहरु महिलाको दाँजोमा केही कन्फिडेन्ट हुने गर्दछन् । नयाँ ठाउँमा बोल्दा पनि विश्वस्त बोल्न सक्ने पुरुषहरु कस्तो ठाउँमा बोल्न डराउँछन् होला त ?

हालै एक अध्ययनले बताए अनुसार सुन्दर महिलाको सामु पर्ने बित्तिकै पुरुषहरु नर्भस अनुभव गर्न थाल्छन् । अनुसन्धानबाट निस्केको यो तथ्य अनुसार अधिकांश पुरुषहरु सुन्दर महिला सामु जाने बित्तिकै आफुलाई अप्ठ्यारो महसुस गर्ने गर्दछन् ।

how to talk with girlनेदरल्याण्डका एक अनुसन्धानकर्ताका अनुसार धेरै जसो पुरुषहरु सुन्दर महिलाहरुको सामु गए पछी सुन्दरता सामु आफु लाई अप्ठ्यारो महसुस गर्ने गर्दछन् । यो कुरा पुरुषहरुको प्रोफेसनल जिवनमा पनी देखा पर्ने गरेको तथ्य अनुशन्धान बाट पत्ता लागेको छ ।

यदी अफिसमा कुनै सुन्दर महिला भए आफ्नो काममा भन्दा बढी ति महिला सँग जिस्कनमा समय दिने गर्दछन् र त्यो बेला कुनै जरुरी काम छ भन्ने समेत हेक्का राख्दैनन् । तर, यो कुराले महिलाहरुमा भने त्यती फरक पार्दैन । उनीहरु आकर्षक पुरुष सँग पनी त्यतिकै सहजता पूर्वक आफुलाई उपस्थित गराउन सक्दछन् ।

महिलाहरुलाई पुरुषको सुन्दरताले भन्दा पनि उसको व्यत्तित्व, बोल्ने शैली र आवाजले बढी आकर्षण गर्ने र पुरुषहरु महिलामा आकर्षित हुन सुन्दरता मात्र हेर्ने पनि एक अध्ययनले देखाएको थियो । पुरुषहरु सुन्दर महिला तर्फ छिटै आकर्षित हुने गरेकाले यसो भएको हुन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१