रनवे मोडलले देखाए यस्तो ट्यालेन्ट (फोटोफिचरसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ आश्विन २०७२, बिहीबार १७:२६

मोडलिङ संस्था रनवे नेपालले आगामी शुक्रबार राजधानीमा आयोजना गर्न लागेको ‘रनवे मोडल २०१५’का स्पर्धीहरुले मंगलबार मिस ट्यालेन्ट उपाधिका लागि आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल चयनका लागि आयोजन ागर्न लागिएको प्रतियोगिताका सबै प्रतिस्पर्धी युवायुवतीले नया“ बानेश्वेरस्थित सेल्फडेभलपमेन्टमा आयोजित ट्यालेण्ट शोमा आफ्नो प्रतिभा देखाएका हुन् ।

1

 

 

 

 

 

सहभागी प्रतियोगीले लोक तथा आधुनिक नृत्य, गायन प्रतिभा, अभिनय, वक्तृत्वकला, उद्घोषण, चित्रकलालगायत विभिन्न बिधामा आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगीले बेष्ट फिगर, ट्यालेन्ट उपाधिका लागी आफुमा रहेको प्रतिभा देखाएर निर्णायकको मन जित्ने प्रयास गरे । ट्यालेन्ट शोमा अभिनेता तथा मोडल प्रवेश गिरी ,फेसन कोरियोग्राफर सुजल जंग केसी , ‘मिस राजधानी २०१५’को बिजेता भुमिका खड्का र ‘मिस्टर राजधानी २०१५’का विजेता पियुस कर्ण निर्णायक रहेका थिए ।

7

 

 

 

 

 

बिभिन्न चरणको अडिसनबाट छानिएका २५ युवा तथा २५ युवती अन्तिम प्रतियोगीतामा उत्रिने तयारीमा छन् । अन्तराष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे, भिजे, स्टेज पफमेन्स, व्यक्तित्व विकास, कम्युनिकेसन डेभलपमेन्ट, फोटो तथा भिडियो सुट ट्रेनिङलगायतका विषयका बिभिन्न प्रशिक्षणबाट सबै प्रतियोगी अन्तिम स्पर्धाका लागी खारिएका छन् ।

2

 

 

 

 

 

‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नया“ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चा“दनी लामिछानेले बताइन् । ‘फेसन र मोडलिङ जगतमा विगत १० वर्षदेखि कोरियोग्राफरको भूमिका निर्वाह गर्दै आएकी लामिछानेले आफूले हासिल गरेको अनुभव प्रतियोगिता मार्फत् पोख्न लागेको सुनाइन् । अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको सिर्जना गरेको लामिछानेको भनाइ रहेको छ ।

6

 

 

 

 

 

 

प्रतियोगीतामा पुरुष तथा महिला दुबै तर्फ मूख्य उपाधिका साथ फस्ट, सेकेण्ड र थर्ड रनरअपसँगै मिस क्याटवक, मिस पर्सनालिटी, व्युटिफुल स्कीन, बेष्ट स्कीन, मिस व्युटीफुल, मिस ट्यालेण्ट, बिभिन्न दर्जन विधामा विजेता घोषित गरिनेछ । प्रतियोगिताका शीर्ष विजेताले पचास हजार नगदसहित चलचित्र ,म्युजिक भिडियो, विज्ञापन, चलचित्र अभिनय अवसरका अलवा विभिन्न अन्य उपहार जित्न सक्नेछन् ।

45

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१