टान निर्वाचनको पूर्व सन्ध्यामा नोजा द्वारा भेटघाट कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ आश्विन २०७२, बिहीबार ०६:५९

12079529_1004949636213684_7687595764240859327_nकाठमाडौँ । आज  हुने ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान)  को नयाँ नेतृत्वको दौडमा रहेका अध्यक्षका प्रत्यासीहरु सागर पाण्डे र चन्द्रप्रसाद रिजाल आ आफ्नो पक्षमा मत माग्न मतदाताहरुलाई भेटघाटमा ब्यस्त भएका छन् ।  पाण्डे समुहले आफ्नो पक्षको जित शुनिश्चित निश्कर्ष निकालेको छ । ब्यबसायीको सर्मथन रहेकाले एक सय मतान्तरले बिजय हुने दाबी गरेको छ । ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) को निर्वाचन हुन केहि घण्टा मात्र  बाँकी रहँदा अध्यक्षका प्रत्यासी उम्मेद्वारविच ठुलो प्रतिस्पर्धा नै चलेको छ ।12095023_1004950086213639_8435827670095838903_o

बुधबार  राष्ट्रिय अनलाइन  पत्रकार संघ (नोजा ) द्वारा आयोजित पूर्व सन्ध्यामा मिसन टान निर्वाचन –२०१५ विषयक अन्तक्र्रियामा निर्वाचनका उम्मेद्वारद्वय सागर पाण्डे र चन्द्र रिजाल दुवै समुहका उम्मेद्वार बोलाइएको थियो तर सागर समुहको अध्यक्षका प्रत्यासी उम्मेद्वार सहित सबै उपस्थित रहेको थियो भने चन्द्र रिजाल समुहको कुनै पनि  उम्मेद्वार पत्रकार भेटघाट कार्यक्रममा उपस्थित  भएको थिएन  । आफ्नो चुनावी एजेन्डा  र कार्ययोजना प्रस्तुत गर्ने क्रममा बोलाइएको पत्रकार भेटघाटमा किन पछि पर्यो रिजाल समुह भन्दै सागर समुहको मूल आयोजक समितिका  संयोजक दिपक महतले पत्रकारहरु संग बोल्दै पत्रकारले नै बोलाएको कार्यक्रममा नआउनु भनेको पाण्डे समुहको अगाडी बोल्न नसक्ने भएर देखा नपरेको आरोप लगाएका थिए । पर्यटन क्षेत्र र व्यवसायीहरुको खास पीर र मर्का बुझ्न नसक्ने मान्छेले टानको नेतृत्व गर्ने हो भने टानको कुनै पनि अगाडी बढ्न नसक्ने भन्दै रिजाल समुहका प्रत्यासी उमेदवार कसैको पनि जित नहुने ठोकुवा समेत गर्नुभयो ।  अबको केहि घन्टामा हुन गैरहेको चुनाब हाम्रो टिमको जित हुनेमा कसैले पनि रोक्न नसक्ने जानकारी दिदै सबै मतदाताहरुलाई अनलाइन सर्वेक्षण बाट पनि हाम्रो जित सुनिश्चित भैसकेको र हाम्रो समुहको ६५ % र रिजाल समुहको जम्मा ३५ % मात्र मत खसेकोले हाम्रो जित भब्यताका साथ हुने भएकोले ब्यबसयिहरुलाई टान बुझेको र टानको नेतृत्व गर्न सक्ने सागर पाण्डेले मात्त्र  हो भन्दै अब ढुक्क भएर कतै पनि नलागी मत हाल्न आग्रह समेत गर्नु भयो ।  राष्ट्रिय अनलाइन पत्रकार संघले राखेको दुइ समुह बीच भेटघाटमा हामीले जहिले पनि जस्तो सुकै व्यस्तताको बाबजुद पनि पत्रकारले बोलाएको ठाउमा गएर भेटघाट गरेका छौ  ,हामी अनलाइन प्रति ज्यादै खुसि छौ भन्दै महतले नोजाको टिमलाई धन्यबाद समेत दिएका थिए ।12105787_1004944802880834_5682496443789086323_n

पत्रकार भेटघाट  कार्यक्रममा बोल्दै अध्यक्षका  प्रत्यासी सागर पाण्डेले उर्जाशिल लामो समय आफूले पर्यटन व्यवसायमा खर्चेको भन्दै व्यवसायीक र अनुभवी व्यक्तिलेमात्र टानको नेतृत्व लिन सक्ने बताउनुभयो । आफूले जहिले पनि व्यवसायीक एकतामा जोड दिने गरेको उहाँले स्पस्ट पार्नुभयो । चन्द्र रिजालतर्फ इंकित पाण्डेले भन्नुभयो, ‘केही व्यक्तिहरु पर्यटनमा राजनीति गर्न खोजिरहेका छन् ।’ आफूले संस्थालाई राजनीतिक भ¥याङको रुपमा नलिएको पनि पाण्डेले स्पस्ट पार्नुभयो । आफ्नो नेतृत्वको टीम सक्षम र व्यवसायीक रहेको उहाँको दावी थियो ।12088328_1004942692881045_9192898790457439152_n
टान कार्यसमितिले भ्रष्टाचार गरेको भन्ने आरोपको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘चुनावी प्रतिस्पर्धामा अर्नगल प्रचार गर्ने हिसावले हामीविरुद्व भ्रष्टाचारको आरोप लगाईएको हो ।’ आरोप लगाउनेहरुलाई यथेष्ट प्रमाणसहित आउन उहाँले चुनौती दिनुभयो ।
वर्तमान कार्यसमितिले टानमा थुप्रै सकारात्मक कामहरु थालिसकेको भन्दै आफ्नो समूह निर्वाचित भएर गए एक महिनामा ती कामहरु पूरा गर्ने प्रतिवद्वता पाण्डेले जाहेर गर्नुभयो । आगामी निर्वाचनमा व्यवसायीक टीमलाई मतदान गर्न आग्रह गर्दै ब्यबसायीहरुलाई एकमत हुन आग्रह समेत गर्नुभएको थियो । यो पूर्व सन्ध्यामा राष्ट्रिय अनलाइन पत्रकार संघ द्वारा राखिएको यो भेटघाट एकदमै राम्रो रहेकोले सबै ब्यबसायी साथीहरुले हामी पत्रकार साथीहरुलाई जस्तो सुकै सहयोग गर्न समेत पछाडी नपर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै सह – संयोजक गणेश सिम्खडाले बोल्दै पत्रकार भेटघाटमा डराएरनै नआएको र अबको जित हाम्रो हो भन्दै कुनै पनि हावादारी गफ दिएर ब्यबसायी सस्थामा जित्छु भनेर लाग्नु भनेको हारको पराजय भोगेर जानु  हो ।12118739_1004947236213924_8277264285263383169_n

तसर्थ सागर पाण्डे समुहलाई कसैले पनि रोक्न नसक्ने भएकोले अब ब्यबसायी साथीहरुलाई कुनै व्यक्तिको पछाडी नलागी सागर समुहलाई जिताउन समेत आग्रह गर्दै यो पूर्व सन्ध्यामा राष्ट्रिय अनलाइन पत्रकार संघ द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आउन पाउदा धेरै खुसि लागेकोले यो अनलाइन संघले छोटो समयमा धेरै काम गरेकोले यसरीनै अगाडी बढ्न सुभकामना समेत सिम्खडाले ब्यक्त  गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय अनलाइन  पत्रकार संघ (नोजा )का केन्द्रिय अध्यक्ष मुकुन्द ढुंगानाले  टानजस्तो व्यवसायीक संगठनको निर्वाचनको पूर्व सन्ध्यामा पत्रकार भेटघाट राखिएको र दुवै समुहलाई बोलाइएको तर चन्द्र रिजाल समुह किन आउन सकेन भनेर प्रश्न गरेका थिए ।  12088573_1004942482881066_8064607547941490429_nकेहि घण्टामा हुने मतदान बाट नतिजा प्रकासन हुदा जुन समुहले जितेपनि हाम्रो स्वागत छ भन्दै अस्वस्थ प्रतिस्पर्धा र आरोपप्रत्यारोपकाविच नलागी सबै ब्यबसायीहरुले  बुझेर भोट हाल्न समेत आग्रह ढुंगानाले गर्नुभएको थियो  ।

प्रतिक्रिया