काठमाडौं, २७ असोज । टेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) निर्वाचनको अघिल्लो बेलुकी अर्थात् आज बेलुकी समग्र ट्रेकिङ व्यवसायीहरुका निम्ति निक्कै उल्लासमय अर्थात् झकास हुने देखिन्छ । सागर पाण्डे समुहले लैनचौरस्थित लैनचौर बैंक्युटमा र चन्द्र रिजाल समुहले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रात्रीभोजसहित अन्तिम चुनावी कार्यक्रम आयोजना गर्दैछन् । कुन समुहको कार्यक्रममा बढि व्यवसायीहरुको सहभागिता रहन्छ भन्ने विषयलाई दुइटै पक्षले अत्यान्तै महत्वका साथ लिएका छन् ।
अझ कतिपयले त बुधबार रातीको माहोलले भोली पल्ट असोज २८ गते होटल ह्यातमा हुने टान निर्वाचनको परिणामलाई दर्साउने विश्लेषणसमेत गर्न थालेका छन् । दुइटै पक्षले आफ्नो एजेण्डासहित विपक्षीभन्दा फरकपन देखाउने कोसिस गरेका छन् । दुइटै पक्षले आफ्नो जीतको आधारहरु पेश गरिरहेका छन् ।
प्रतिक्रिया