दसैँका अवसरमा फुटबल प्रतियोगिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७२, बुधबार १२:३६

football-logoभीमदत्तनगर । जय शिवनगर कप फुटबल प्रतियोगिताको नवौँ संस्करण मङ्गलबारदेखि कञ्चनपुरको शिवनगरमा सुरु भएको छ ।

ाययतदबिि यिनयजिल्ला फुटबल सङ्घका अध्यक्ष भीम थापाले प्रतियोगिताको उद्घाटन गर्दै फुटबलको विकासका लागि मोफसल क्षेत्रमा यस्ता प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बताए ।

सिद्धेश्वर युनेस्को समाज शिवनगरको आयोजनामा प्रतियोगिताको सुरु भएको हो । समाजका अध्यक्ष कृष्णबहादुर शाहले हरेक वर्ष बडादसैँको अवसर पारेर समाजले प्रतियोगिताको आयोजना गर्दै आइरहेको जानकारी दिए । प्रतियोगितामा कञ्चनपुरको दक्षिणी क्षेत्रका १५ र कैलालीको धनगढीको हसनपुर युवा क्लब गरी १६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ४५ हजारसहित जय शिवनगर कप, ट्र«फी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २७ हजारसहित कप, ट्र«फी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नकआउट पद्वतिअनुसार खेलाइने छ । प्रतियोगिताका उत्कृष्ट पाँच खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१