बाँदरको आक्रमणबाट काठमाडौंमा दैनिक सात घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७२, बुधबार १०:४३

Monkey1काठमाडौं, २७ असोज । बुटवलकी संगीता थापा काठमाडौं आएको अवसर पारी शनिबार बिहान प्लास्टिकको झोलामा पूजासामग्री लिएर पशुपतिनाथ मन्दिर जाँदै थिइन् । पछाडिबाट बाँदरले हातबाट प्लास्टिकको झोला खोस्न खोज्यो । सँगै रहेकी बहिनी सरिताले धपाउन के खोजेकी थिइन्, बाँदरले सरितालाई नै झम्ट्यो । घाँटी कुम र पिँडौलामा रगतपच्छे बनायो । भारतको पन्जावबाट काठमाडौं घुम्न आएका बलवीरु सिंह गत आइतबार परिवार लिएर स्वयम्भू घुम्न निस्किए । श्रीमती र सानो छोरासहित स्वयम्भू बस स्टेसनबाट उकालो लाग्दै गर्दा बाटामा भेटिएको बाँदरको छाउरालाई सानो छोराले हातले छुन लाग्दा माउ बाँदर झम्टियो । बलवीरका छोराको अनुहारभरि चोट लाग्यो ।

यी दुई घटना त उदाहरण मात्रै हुन् । उपत्यकामा दैनिक औसत सात व्यक्ति बाँदरको आक्रमणमा परी घाइते हुने गरेको तथ्यांक सार्वजनिक भएको नयाँ पत्रिकामा खबर छ ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनले भने, ‘बाँदरले टोकेर औसतमा दैनिक सातजना रेबिजको सुई लगाउन आउने गरेका छन् । तर, हामी टिटानस सुई लगाएर पठाउँछौं ।’

tajakhabar

प्रतिक्रिया