नीति, नियत र नेतृत्व परिबर्तन आजको आबश्यकता (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७२, बुधबार ०७:५२

12144727_10153071871420404_2598738271941364791_nphoto sकल्पना दंगाल , काठमाडौँ । नीति, नियत र नेतृत्व परिबर्तन आजको  आबश्यक  बिषय हो । जहाँ युवा हरुको योगदान हुदा हुदै पनि विभिन्न राजनीतिक पार्टीको छाता मुनि रहदा कहिलै आफुलाई स्वतन्त्र रुपमा युवाहरु रहन  सकेनन र सधै पिजडाको सुगा  जस्तो आफुलाई कमजोर रुपमा प्रस्तुत हुनुपरेको उदाहरणहरु धेरै छन् । अबको टट्कारो आबस्यक भनेको देश र बिदेशमा रहेका  नेपाली  युवाहरु एकजुट भएर देश बिकासमा लग्नुनै महत्वपूर्ण बिषय हो   ।  राजधानीको होटेल अन्नापुर्णमा मातृभूमिका लागि युवा अभियानको दोश्रो वार्षिकोत्सवको अबसरमा  आयोजित नीति, नियत र नेतृत्व परिबर्तन आजको आबश्यक   बिषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का पुर्ब अध्यक्ष तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी र बिशिष्ट अतिथि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, एन. आर. एन उपाध्यक्ष  भवन  भट्ट, न्युज टेलिभिजनका संचारकर्मी प्रेम बानिया लगाएतको उपस्थिति रहेको थियो  । anuj

मातृभूमिका लागि युवा अभियानले गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका खिलराज रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि मानिसमा उदेश्य प्राप्त गर्न दृढइच्छा शक्ति र कर्तव्यनिष्ठ हुन आवश्यक रहेको बताउनुभयो । रेग्मीले अमेरिका एउटा सम्पन्न देश हो त्याँहा सम्पूर्ण साधन स्रोत रहेको छ । बाहिरबाट अरुको सहयोग पनि प्रशस्त मात्रामा उपलब्ध हुन्छ । हाम्रो जस्तो देशमा त्यस्तो गर्न अलि कठिनाइ हुन्छ । भिन्नै  प्रकृतिको योजना चाहिन्छ मैले यो कुरा आफु पदमा हुदा र बाहिर हुदा पनि भन्ने गरेको छु र नागरिक भनेको कुनै पनि देशको महत्वपूर्ण गहना हो । kholraj राष्ट निर्माणका लागि सचेत नागरिकले सरकारलाई निगरानीमा राख्ने गर्छ   ।सरकारका हरेक गतिविधिको बारेमा जनताले थाहा पाउनुपर्छ   I  राज्यको एउटा महत्वपुर्ण हिस्सा नै नागरिक भएकाले नागरिकको भूमिकाको सरकारले पनि सम्मान गर्न सक्नुपर्छ   I  नागरिकहरुले राज्यबाट गरिने काममा कुनै अलमल देखा नपरोस भनी सदैब पहरेदारी र सकारात्मक दबाब देशका कर्मठ युवाहरुले दिइरहनुपर्छ भनेर युवाहरुलाई उत्साही हुन रेग्मीले आग्रह समेत गरेका थिए I  dorna

कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्मागंत कटुवालले आफुले नर्थ कोरिया जस्तो नेपाल नभई साउथ कोरिया जस्तो प्रजातन्त्रीक ब्यवस्था भएको नेपाल चाहेको बताउनुभयो । कटुवालले सबै नेपाली मिलेर नेपाललाई स्वतन्त्र, सम्प्रभुत्ता, अखण्ड, सगोल र अभिभाजित ढुङ्गा जस्तो अटल नेपाल बनाउनु पर्नेमा जोड दिनुभयो । जुन नेपालमा सबै जातजाति, धर्म र वर्ग अटाउन सकोस । यस्तो नेपालको निर्माण गरेपछि मात्र नेपाल नेपालीको सम्मान र गौरव रहन्छ भन्दै आम नेपाली जनताले केवल शान्ति खोजेका छन् । तर शान्ति ल्याउन मुलुकमा कानुन लागु गर्नु पर्छ । कानुन लागु गराउन सुरक्ष्ँा निकायलाई राजनीतिबाट अलग राख्नु पर्नेमा जोड दिनुभयो ।katuwal कटुवालले सुरक्षा निकायलाई समय अनुसार परिमार्जित गर्नुपर्छ, परिस्कृत गर्नुपर्छ र ब्यवस्थित गर्नर्ुपर्छ तर प्रजातान्त्रिक र लोकतान्त्रिकको नाममा सुरक्षा निकायमा युनियन र संघ संगठन खोलेर राजनीति गर्ने प्रयास गर्‍यो भने यसले मुलुकमा अराजकता र दण्डहिनता बढ्ने  कटुवालले बताउनुभयो । कार्यक्रममा लामो समयसम्म बोल्दै उनले सबै नेपाली एउटा ढिको हुनसके मात्र नेपालीको गौरव बढने र कसैले आखा उठाएर हेर्न नसक्ने दावी समेत गर्दै यस अभियानले  जे सोच लिएर अगाडी बढेको छ म एकदमै खुसि छु र मेरो साथ रहने छ  भन्ने प्रतिबद्धता समेत कटुवालले जाहेर गरेका थिए  ।

अभियानको कार्यक्रममा जापानमा सफल नेपाली उद्यमीको पहिचान बनाएका टीवीआई ग्रुपका अध्यक्ष भवन भट्टले पाँच वर्षदेखि नेपालका बिभिन्न क्षेत्रमा समेत लगानी गरेको बताउदै नेपाल आफै सम्भावना बोकेको मुलुक भएर पनि अर्को राष्ट्र संग्ग आश्रित हुनुपरेकोले अबको युवा पुस्ताले आफ्नो देशमै केहि गर्नु पर्छ र देशलाई चिनाउन युवाको ठुलो भूमिका रहेको बताउनुभयो ।bhatta सगरमाथा र गौतम बुद्दले संसारभर चिनिएको देश नेपाल यहि कछुवाको गतिमा हिड्ने हो भने देश विकास हुन धेरै समय लाग्ने हुदा हामीले पढेलेखेका युवाहरुलाई देशविकासमा लगाउन सकेको खण्डमा छिट्टै देशको मुहार फेरिनेमा आफु ढुक्क रहेको जानकारी दिदै यस अभियानले जुन कामको थालनी गरेको छ  आफु धेरै खुसि रहेको र यस सस्थालाई जुनसुकै बेलापनि सहयोग गर्न तत्पर रहेको भट्टले बताउनुभयो ।

पत्रकार प्रेम बानियाले आफुले पत्रकारिताको माध्यमबाट देशलाई नजिकबाट निहालिरहेको हुदा युवाहरु देशको कारणले विदेश जानु पर्ने बाध्यता रहेको औल्याउदै देश चलाउने नेताहरुको नियत र नियती नै गलत रहेको जनाए ।prem इतिहासमा धन्न हाम्रा पुर्खाका पाखुर‌ाले‌ बलिदान दिएको‌ थियो‌ र‌ आज हामी सार्वभौ‌म दे‌शका नागरि‌क भनी गौ‌र‌व गर्नसक्दछौ‌, प्रकृतिमा धन्न हाम्रै‌ भूगो‌लमा उच्च शिखर‌ ठडियो‌ र‌ हामी संसार‌माझ विश्वकै‌ अग्लो‌ शिर‌ भएको‌ दे‌शका नागरि‌क भनी गौ‌र‌व गर्नसक्दछौ‌, धन्न सीमांकनमा लुम्बिनी ने‌पालमै‌ पर‌े‌काले‌ गौ‌तम बुद्धको‌ नाममा हामी गौ‌र‌व गर्दछौ‌ । हामीसँग गौ‌र‌वका अरु पनि उचाइहरु छन्, तर‌ जति छन् धे‌र‌ै‌चाहिँ प्राकृतिक वा विर‌ासतमा प्राप्त उचाइहरु छन् । यसलाई मात्र हामीले सदुपयोग गर्ने बाताबरण हुने हो भने पनि हाम्रो देश अन्य देशसंग झुक्नु नपर्ने र अरुको देशको गुलामी हुनुबाट जोगिन सकिन्थ्यो भन्दै अब छातीमा हात राखेर यो देशको लागि केहि गर्छु भन्ने मान्छे चाहिएको छ र त्यो काम यस अभियानले गरोस भनेर बानियाले  अभियानलाई सफलताको सुभकामना समेत ब्यक्त गरेका थिए । 12109197_1193464224013511_4930439966362451230_n

मातृभूमीका लागि युवा अभियानका  केन्द्रीय अध्यक्ष सुनिल खड्काले दोश्रो बार्षिकउत्सवको अबसरमा सस्थाको बारेमा जानकारी दिदै अहिलेको नेपालको अवस्था अनुसार कम समयमा धेरै कमाई हुने र विलासिताका सामानहरुको आकर्षणका कारण पनि युवा जमात बत्तिमा पुतली होमिएझै विदेश होमिरहेका छन्  आफु पनि रहर नभई बाध्यताले बिदेशमा भएता पनि दिन रात आफ्नै देशमा केहि गर्नु पर्छ भनि युवाहरुलाई देश बिकासमा कसरि सहयोग पुर्याउन सकिन्छ भनेर हरेक सफल व्यक्तिहरुसंग छलफलमा जुटिरहेको बताउनुभयो । 12079156_948891618500529_2047522239771751247_nउनले देशमा असल शाशकको आबाश्यकता छ तर  मनले चाहाने हो भने विकास गर्न असम्भव रहेन छ भन्ने त पछिल्लोपटक सार्क सम्मेलनको बेलामा द्रुत रुपमा बनेको सडकहरुले पनि छर्लग पारेको छ नि किनकि  ईच्छा र कार्ययोजना हुने हो भने हाम्रो देश पनि विकसित राष्ट्रको पंक्तिमा उभिने थियो ,अहिले पोलिटिक्स गर्न क्राईम गर्ने र क्राईम गर्न पोलिटिक्स गर्ने परिपाटि बसेको छ जसको अन्त्य अपरिहार्य छ । नेताले जे गरेपनि ठिक, भन्ने बानि छ,.गलतलाई गलत र ठिकलाई ठिक भन्ने बानिको विकास गर्न जरुरी रहेकोले हामीले यो सस्था २ बर्ष अगाडी खोलेको र अहिले देश र बिदेशमा गरि १० लाख युवाहरु सस्थामा सहभागी रहेको अध्यक्ष खड्काले  जानकारी समेत गराएका थिए । कार्यक्रममा पुजन रेग्मी , अनुज थापा लगाएतले आ-आफ्नो मन्तब्य राखेका थिए ।  khadka

होटेल अन्नपूर्णमा भएको कार्यक्रममा मातृभूमिका लागि युवा अभियानका केन्द्रीय पधादिकारी ,सदस्यहरु सहित २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो  ।

 

11224694_1193464657346801_4351834717905622167_n12074981_1193463320680268_7875038957243746390_nDSC08010bhatta

प्रतिक्रिया